लन्डन । आज बेलायतको मौसम अलिक चिसो छ, तर यतिखेर भूपू गोर्खाहरुमा बेग्लै उमंग छ । बिग्रदों मौसम ख्याल नगरि सयौंं भूपू गोर्खा र तिनका परिवार किङ जर्ज सालिक सामुन्ने एकत्रित भइरहेका छन् । तिनीहरुकै मुद्दामा हाउस अफ कमन्स्मा अहिले सवा दुईमा संसदीय वहस हुने भएकाले आफ्ना माग सुनिनेमा उनीहरु विश्वस्त देखिन्छन् ।
गोर्खाहरुका विद्यमान समस्या एवं गुनासाबारे अध्ययन गर्न गठित सर्वदलीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसले गोर्खा प्रदर्शनलाई भर्खर सम्वोधन गरिदिएकी छिन् । सम्वोधनमा उनले आफू छानवीन समितिको अध्यक्ष भएका नाताले निष्पक्ष प्रतिवेदन ल्याउने आश्वासनमात्र दिइनन्, भूपू गोर्खाहरुको साथी पनि भएकाले उनीहरुका पक्षमा नतिजा ल्याउने अठोट समेत गरिन् । यति सुनेपछि गोर्खाहरु झन् उत्साहित भए ।
भित्रको संसदीय वहस सकेर ज्याकी फेरि गोर्खाहरुलाई साथदिन प्रदर्शनमा आउने कार्यक्रम छ । बाहिर आएर उनले भित्र भएका कुरा स्पष्ट भनिदिने अपेक्षा समेत छ ।
ज्याकी डोयलको अभिव्यक्तिलाई डा. चन्द्र लक्सम्बाले उल्था गरिदिएकाले वृद्धवृद्धाले पनि सजिलै ज्याकी वाणी बुझे । ‘हामी झन् आशावादी छौं’, सत्याग्रह संयुक्त संघर्ष समितिका बेलायत एवं नेपाल संयोजक सन्तोष थलङले वीनेपालीसंग भने, ‘ज्याकीले आगामी साता नेपाल भ्रमण गरेर प्रतिवेदन अझ मजवुत बनाउने बताएकाले सबै गोर्खाहरुमा आशाको सञ्चार जागृत भएको छ ।’ संयोजक थलङले अध्यक्ष ज्याकीलाई खादाले सम्मान गरे अनि स्वागत मन्तव्य पनि दिए । गोर्खाहरुको आमसभा सञ्चालन लक्ष्मी घिसिङले गरेका थिए ।
बाहिर प्रदर्शन जारी छ भने भित्र संसदीय वहसका लागि सांसदहरु ओहोरदोहोर गर्दैछन् । अब करिब एकसय गोर्खाहरु हाउस अफ कमन्स्मा हुन गइरहेको गोर्खा सम्वन्धि संसदीय वहसमा भाग लिन भित्र प्रवेश गरिरहेका छन् । उनीहरुले बोल्न नपाएपनि भित्र वहसमा के सवाल उठ्नेछ त्यसलाई प्रत्यक्ष सुन्न पाउनेछन् ।
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका