नेपाली युवा फुटवल टोली एएफसी यु–१६ च्याम्पिनशीपअन्तर्गत महत्वपूर्ण खेलमा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । थाइल्यान्डमा जारी प्रतियोगिताको समूहगत चरणको आज हुने अन्तिम खेलमा नेपालले क्वाटरफाइनलमा प्रवेश गर्नका लागि बराबरी खेले पर्याप्त हुने छ भने उत्तर कोरियामाथि जित्दै पर्ने दवाव छ ।
साबिक विजेता उज्वेकिस्तानसँग एक –एक को बराबरी खेलेको दोस्रो खेलमा कुवेतलाई २–१ ले पराजित गरेको थियो । पहिलो खेलमा कुवेतलाई ३–० खेल जितेको उत्तर कोरियाले उज्वेकिस्तानसँग ३–२ले पराजित भएको थियो । उज्वेकिस्तानले समूहमा ‘कमजोर’ देखिएको कुवेतसँग अन्तिम खेल आज एकै समयमा खेल्ने छ ।नेपाल र उत्तर कोरियाबीच राजामंगल स्टेडियममा अपरान्ह पौने तीन बजे खेल हुने छ । त्यसै समयमा उज्वेविस्तान र कुवेतबीच अर्को स्टेडियममा खेल हुने छ ।
कुवेतमाथि ३-० को जीत हासिल गरेको उत्तर कोरिया उज्वेकिस्तानसँग ३-२ ले पराजित भएको थियो । सी समुहको अन्तिम खेलबाट आउने समिकरणले क्वाटरफाइनल चरणमा प्रवेश गर्ने टोलीको निर्धारण गर्ने भएको एकै समय दुवै खेल हुन लागेको हो । १६ देशको युवा टोेलीलाई चार समूहमा विभाजित गरेर समूहगत चरणको प्रतिस्पर्धामा रहेका छन् । राउन्ड रोबिनको आधारमा सञ्चालन हुने समूह चरणको खेलमा शीर्ष स्थानमा आउने दुई टिम क्वाटरफाइनलमा प्रवेश गर्ने छ । प्रतियोगिताका शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष आयोजना हुने यु–१७ विश्वकपमा खेल्न पाउने छ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ