
काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल निर्माण सामग्री व्यापार सङ्घले अघोषित नाकाबन्दीका कारण उत्पन्न समस्या समाधान गर्न माग गर्दै आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
सङ्घका अध्यक्ष श्रीकृष्ण रिजालको नेतृत्वमा पदयात्रासहित प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेको टोलीले महिनौँदेखिको तराई बन्द, हड्ताल र नाकाबन्दीका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै त्यसलाई जतिसक्दो चाँडो समाधान गर्न आग्रह गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण व्यापार÷व्यवसाय मात्र नभई मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउँदै जतिसक्दो चाँडो बन्द, हड्ताल र नाकाबन्दी खुलाउने बारे छलफल भइरहेको बताएको अध्यक्ष रिजालले जानकारी दिए ।
व्यवसायीले बन्द, हड्ताल र नाकाबन्दीका कारण उद्योग व्यवसाय बन्द गर्नुपरेको अवस्थामा व्यवसायीले बैंकबाट लिएको ऋणको व्याज र आयकरमा छुट गर्नुपर्नेसमेत माग गरेका छन् । सो सङ्घले भारतीय दूतावासमा समेत आज ज्ञापनपत्र बुझाएको छ ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, ६ घाइते
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
सङ्कटमा नायकत्व !
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते