झापा एघारले एन्फा कप फुटवल प्रतियोगिताको उपाधी जितेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा झापाले संकटा क्लबलाई ४–० ले पराजित गर्दै वर्षको पहिलो प्रतियोगिताको उपाधि चुमेको हो ।
जीतसँगै झापाले १० लाख नगद प्राप्त गरेको छ । झापाका लागि नगेन्द्र लिम्बुले पहिलो हाफको ४३ औं मिनेटमा गोल गर्दै आग्रता दिलाएका थिए । दोस्रो हाफ बाँकी तीन गोल भयो ।
अन्तिम १५ मिनेटमा झापाले संकटालाई तीन गोल ठोकेको थियो । ७६ औं मिनेटमा पेनल्टीमार्फत कर्ण लिम्बुले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
खेलको ८६ औं मिनेटमा विकाश राईले गोल गरेका थिए भने त्यसका दुई मिनेट पछि नै किरण चेम्जोङले चौथो गोल गरेका थिए । नकआउट प्रतियोगिताको पहिलो खेलमा लीग विजेतालाई मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेर झापाले आफूलाई उपाधिको दह्रो उपस्थितिको संकेत गरेको थियो ।सेमीफाइनलमा विभागीत टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको फाइनलमा स्थान सुरक्षित परेको थियो ।
तस्विर : गोलनेपाल डट कम
प्रतियोगिताको उप विजेता संकटा क्लबले ५ लाख रुपैया हात पारेको छ । संकटा नेपाली सेनालाई पराजित गर्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा पुग्ने दुवै टोलीले एक–एक लाख नगद प्राप्त गरेका छन् । प्रतियोेगितामा नेपाल प्रहरी, थ्री स्टार क्लब, मोरङ एघार पहिलो चरणबाट बाहिरिएका थिए ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ