
काठमाडौँ, १७ मङ्सिर । नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न भारतसँग र आन्दोलनरत मधेसवासीलाई औषधि आयात नरोक्न माग गर्नुभएको छ ।
राष्ट्रिय आन्दोलन संयुक्त आयोजक समितिले आज यहाँ आयोजना गरेको नागरिक ऐक्यबद्धता सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले तराई मधेसका समस्या समयमै समाधान नगरे कल्पना नगरेको सङ्कटतर्फ मुलुक धकेलिन्छ, यसैले सरकारलाई छिटो समस्या समाधानका लागि खबरदारी गरिनुपर्छ भन्नुभयो ।
नेपालका प्रमुख जाति खस आर्य, भोट बर्मेली र मधेसीलाई एकीकृत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संविधान जारी गर्नुअघि शेरबहादुर देउवा र पुष्पकमल दाहालले भारत भ्रमण गर्दा भएको वार्ताको विवरण सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले सबैको सहमतिमा तराई मधेसका समस्या समाधानका लागि संविधान पुनःनिर्माण गरिनुपर्ने बताउनुभयो । मानवअधिकारवादी पद्मरत्न तुलाधरले तीन महिनादेखि तराई मधेसको समस्या समाधान गर्न सरकार असफल भएको आरोप लगाउनुभयोे । राजनीतिक विश्लेषक कृष्ण खनालले संवादबाट सम्झौतामा पुग्ने संस्कृतिको कमी भएकाले समस्या समाधान हुन नसकेको बताउनुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधानमा राजनीतिक अधिकार नपाए कुनै अधिकार सुरक्षित हुन नसक्ने भएकाले तराई मधेस आन्दोलित हुनुपरेको बताउनुभयो ।
कार्यक्रममा व्यवस्थापिका–संसद्, विधायन समितिका सभापति गङ्गा चौधरी, दलित अधिकारवादी दानबहादुर विश्वकर्मा, राजनीतिक विश्लेषक सिके लाल, सङ्घीय लिम्बूवान पार्टीका उपाध्यक्ष इन्द्र श्रेष्ठ, संयुक्त मुस्लिम गठबन्धनका समिममियाँ अन्सारी र थरुहट पार्टीका अध्यक्ष भानुराम थारुलगायतले मधेसी, जनजाति र दलितका माग सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते