नेपालले थाइल्यान्डमा जारी एएफसी यु-१६ च्याम्पियनशीपमा कुवेतलाई पराजित गरेको छ । बैंककमा जारी फुटवल प्रतियोगितामा नेपालले कुवेतलाई २-१ले पराजित गरेको हो । साविक विजेता उज्वेकिस्तानसँग बराबरी खेलको नेपाल यो जीतसँगै क्वाटरफाइनलको नजिक पुगेको छ । खेलको दोस्रो मिनेटमा कुवेतका खेलाडीको आत्मघाती गोलसँग नेपालले अग्रता कायम गरेको थियो। यो पराजयसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । कुवेतलाई पराजित गर्ने उत्तर कोरियासँग नेपालले अन्तिम खेल बिहीबार खेल्ने छ ।
बिहीबारको खेलमा बराबरीले नेपाललाई क्वाटरफाइनलमा पुर्याउने छ । दोस्रो खेलमा जीतसँगै नेपालको चार अंक भएको छ । मंगलबार भएको दोस्रो खेलमा उज्वेकिस्तानले उत्तर कोरियालाई ३-२ले पराजित गरेको छ । अंक तालिकामा समान अंक भएपनि गोल अन्तरको आधारमा नेपाल दोस्रो स्थानमा छ ।
शुरुवाती अग्रतापछि कुवेतले खेलमा फर्किन नेपालमाथि तीव्र दवाव बनाएको थियो। खेलको ७४ मिनेटमा कुवेतले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। नेपालका लागि बिमल घर्ती मगरले ८१ मिनेटमा पेनाल्टीबाट गोल गर्दै नेपालको पक्षमा खेल पारेका थिए ।
तस्विरहरु : गोलनेपाल डट कम
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]