नेपालले थाइल्यान्डमा जारी एएफसी यु-१६ च्याम्पियनशीपमा कुवेतलाई पराजित गरेको छ । बैंककमा जारी फुटवल प्रतियोगितामा नेपालले कुवेतलाई २-१ले पराजित गरेको हो । साविक विजेता उज्वेकिस्तानसँग बराबरी खेलको नेपाल यो जीतसँगै क्वाटरफाइनलको नजिक पुगेको छ । खेलको दोस्रो मिनेटमा कुवेतका खेलाडीको आत्मघाती गोलसँग नेपालले अग्रता कायम गरेको थियो। यो पराजयसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । कुवेतलाई पराजित गर्ने उत्तर कोरियासँग नेपालले अन्तिम खेल बिहीबार खेल्ने छ ।
बिहीबारको खेलमा बराबरीले नेपाललाई क्वाटरफाइनलमा पुर्याउने छ । दोस्रो खेलमा जीतसँगै नेपालको चार अंक भएको छ । मंगलबार भएको दोस्रो खेलमा उज्वेकिस्तानले उत्तर कोरियालाई ३-२ले पराजित गरेको छ । अंक तालिकामा समान अंक भएपनि गोल अन्तरको आधारमा नेपाल दोस्रो स्थानमा छ ।
शुरुवाती अग्रतापछि कुवेतले खेलमा फर्किन नेपालमाथि तीव्र दवाव बनाएको थियो। खेलको ७४ मिनेटमा कुवेतले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। नेपालका लागि बिमल घर्ती मगरले ८१ मिनेटमा पेनाल्टीबाट गोल गर्दै नेपालको पक्षमा खेल पारेका थिए ।
तस्विरहरु : गोलनेपाल डट कम
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा