काठमाडौँ, १५ कात्तिक । झन्डै एक महिनादेखि भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज हुन नसक्दा राजधानीका ठूला अस्पताल सञ्चालनमा समस्या देखिएको छ ।
नयाँ संविधानको निर्माणसँगै सीमाङ्कनमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले तराई–मधेसमा थालेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा इन्धन, औषधि र अक्सिजनलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ उत्पन्न भएको छ ।
अघोषित नाकाबन्दीले मुलुकमा अन्य क्षेत्रझँै स्वास्थ्य क्षेत्रमा पनि विकराल समस्या देखिएको छ । राजधानीका ठूला अस्पतालले एकातिर औषधि, इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावमा आफ्नो पूर्णसेवा दिन नसकेको बताएका छन् भने अर्काेतिर कर्मचारी बोक्ने सवारी साधन र एम्बुलेन्स चलाउनसमेत इन्धनको अभाव खेप्नुपरेको बताएका छन् ।
नेपालकै पुरानो र ठूलो वीर अस्पतालमा इन्धनको कमीले औषधि, अक्सिजन, ग्यासलगायत उपचार सामग्री सहज उपलब्ध नहुँदा सेवा सञ्चालनमा समस्या भएको वीर अस्पतालका निर्देशक डा स्वयमप्रकाश पण्डितले जानकारी दिए ।
“बिरामीका लागि खाना पकाउने ग्यास नहँुदा दाउरामा खाना पकाएर खुवाउनु परेको छ”– उनले भने । निर्देशक पण्डितले पेट्रोलियम पदार्थको अभाव हुँदा दाउरा ल्याउनसमेत समस्या भएको बताए ।
उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा पनि कमी आएको उनले बताए । अघोषित नाकाबन्दी अघि बहिरङ्ग सेवामा दैनिक दुई हजारदेखि दुई हजार ५०० बिरामी आउने बीर अस्पतालमा हाल दैनिक करिब ८०० मात्र बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
उपत्यकामा ५० श्ययाभन्दा माथिका दुई दर्जन सरकारी र निजी अस्पतालले सेवा प्रदान गर्दै आएका छन् । सरकारी अस्पतालले इन्धनको अभावमा सेवा प्रदान गर्न अप्ठ्यारो भएको भन्दै आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटेर इन्धन आपूर्ति गर्न आग्रह गरेका छन् ।
उनीहरूले अस्पतालका लागि आवश्यक पर्ने डिजेल, पेट्रोल, ग्यास न्यूनतम भएपनि उपलब्ध गराउन माग गरेको निर्देशक पण्डितले जानकारी दिए ।
इन्धन, औषधि र अक्सिजनलगायत अत्यावश्यक सामग्री सहज उपलब्ध नहुँदा अस्पतालको सेवा प्रदान गर्न केही कठिनाइ भएको निजी क्षेत्रको ठूलो अस्पताल नर्भिक अस्पतालले जनाएको छ ।
अत्यावश्यक सामग्रीको कमीका कारण भनेअनुसारको सुविधा प्रदान गर्न अप्ठ्यारो भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले बताए ।
पेट्रोलियम पदार्थको अभावका कारण कम सवारीसाधन चल्दा बिरामीलाई अस्पतालसम्म पुग्नसमेत कठिनाइ भएको प्रमुख कार्यकारी अधिकृत सिंहको भनाइ छ ।
सरकारी अस्पतालको आग्रहपछि आपूर्ति मन्त्रालयले तोकिएको डिपोबाट प्रत्येक सरकारी अस्पताललाई दैनिक न्यूनतम आवश्यक डिजेल, पेट्रोल र ग्यास उपलब्ध गराउने आश्वासन दिएको छ ।
अस्पतालले इन्धनको अभावले नियमित सेवाका साथै अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्नसमेत कठिनाइ भएको बताएका छन् ।
आकस्मिक र संवेदनशील बिरामीका लागि आवश्यक पर्ने औषधिको समयमै आपूर्ति गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको सिभिल अस्पतालका निर्देशक डा विनयकुमार थापाले बताए । ग्यासको अभावमा बिरामीलाई खाना पकाउन र कर्मचारीलाई समयमै अस्पताल आउन निकै गाह्रो भएको निर्देशक डा थापाले बताए ।
न्यूनमात्रामा सवारी साधन चलेका कारण सामान्य नागरिकमात्र हैन जाँच गराउन अस्पताल जाने बिरामीले पनि सास्ती भोग्नुपरेको छ । इन्धनको अभावमा अस्पतालमा पिउने पानीको समेत सहज आपूर्ति हुन सकेको छैन ।
अहिले झैँ इन्धन, औषधिलगायत आवश्यक सामग्रीको अभाव रहिरहे अस्पतालले धेरै दिन सेवा दिन नसक्ने निश्चित छ । सरकारले भारतबाट इन्धन आपूर्ति सहज नभएपछि वैकल्पिक रुपमा चीनबाट इन्धन ल्याउन लागेकोले यस्ता अत्यावश्यक सेवाका लागि पनि इन्धन उपलव्ध गराउन सके सर्वसाधारणले संकटको बेलामा केही मात्रामा भएपनि राहत पाउने थिए ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित