संसारमा सबैभन्दा बढी बांच्ने (८६.४ बर्ष) जापानका महिलाहरुको जीवनशैली र खाना महत्वपूर्ण कुरा भएको अनुसन्धानले बताएको छ । हालै गरिएको नयाँ अध्ययनले जापानिज महिलाहरु दीर्घायु हुनुको मुख्य कारण उनीहरुले खाने अन्नहरू, माछा, फलफुल र सब्जी अनि ग्रिन टिलाई दिइएको छ ।
परम्परागत जापानी खानामा कम क्यालोरीका परिकारहरु ठिकैको परिणाममा हुन्छ । औसत जापानीहरु पश्चिमी देशका मानिसहरु भन्दा करिब २५% कम क्यालोरी खान्छन् ।
प्राय जापानीहरु हप्तामा तीन पोर्सन माछा (१पोर्सन=१४० ग्राम), धेरै चोकरयुक्त होलग्रेन अन्नहरू, प्रसस्त सब्जिहरु, सोयाका परिकारहरु जस्तै टोफु, कोन्बू , सीविडको साथसाथै टोउरिनले भरिपूर्ण स्कुइड, अक्टोपस खान्छन् जसले कोलेस्ट्रोल र रक्तचाप कम गर्न सक्छ ।
त्यस्तै गरि स्वस्थकर जीवनको लागि मेडीटेरियन खानालाई पनि राम्रो मानिएको छ । सन् २०१३ मा गरिएको अध्ययनले जो मानिसहरु मेडीटेरियन खाना खाने गर्छन्, उनीहरुको मुटुरोग र स्ट्रोक हुने जोखिम ३०% ले कम भएको छ भनि यो पत्ता लगाएको छ ।
मेडीटेरियन खाना भन्नाले मेडीटेरियन समुन्द्रमा पर्ने देशहरु जस्तै इटाली, फ्रान्स, ग्रीस, स्पेनका मानिसहरुले खाने स्वास्थ्यकर खाने बानिलाई जनाउंछ । मेडीटेरियन क्युजिनको परिभाषा ठाउहरु हेरी फरक हुन्छन् तर मुख्यतया फलफुल, सब्जी, नट्स, कोसे तरकारी, अन्नहरू, ओलिभ तेल र माछा पर्दछ ।
यी जापानी र मेडीटेरियन दुवै प्रकारका खानामा धेरै समानता छन् । यी खाना स्वस्थ्यकर हुनाको प्रमुख कारणहरुमा निम्न तत्वहरु रहेका छन् :
फाइबर
स्वास्थ्य र सन्तुलित आहारको लागि फाइबर महत्वपूर्ण भाग हो । यसले मुटुरोग, मधुमेय, वजन बढ्ने, केहि क्यान्सरबाट बचाउन मद्दत गर्न सक्छ । यसले पाचन स्वास्थ्य सुधार्न पनि सक्छ । बच्चाहरुले करिब २० ग्राम र प्रौढले घटिमा ३० ग्राम दिनमा फाइबर खाने सल्लाह दिइन्छ । फाइबर बनस्पतिबाट पाइने खानामा मात्र पाइन्छ । मासु,माछा, दुध आदिमा फाइबर पाइदैन ।
सोलुबल र इन सोलुबल गरि दुई फाइबरको किसिम हुन् । यी दुवै किसिमको फाइबरले शरीरलाई फाइदा गर्दछ । त्यसैले सधै खानामा यी दुवै फाइबर खानु पर्दछ । होलग्रेन अन्नहरू तथा प्रसस्त मात्रामा फलफुल र सब्जी खाएमा फाइबरको मात्रा पुग्छ ।
सोलुबल फाइबर शरीरले पचाउछ । यसले रगतमा हुने कोलेस्ट्रोल कम गर्न सहयोग गर्न सक्छ र यसका मुख्य श्रोतहरु फापर, जौ, गाजर, आलु, केरा, स्याउ, कोसे तरकारी आदि हुन् र कब्जियत हुने समस्यालाई फाइबरले धेरै फाइदा गर्दछ ।
इनसोलुबल फाइबर शरीरले पचाउदैन त्यसैले आन्द्राको साथै पाचन प्रक्रियालाई सफा गरी दिसाको रुपमा बाहिर निस्कन्छ । यसले अर्को काम आन्द्रा, पेटको साथै पाचनक्रियामा खानालाई सजिलो संग पठाउछ । त्यसैले यदि डायरिया भएको छ भने फाइबर कम खानु पर्छ । चपाती आटा, नछिल्किएको चामल (ब्राउन राइस), नट्स र बियाहरु पर्दछन् ।
फाइबरयुक्त खानाले पेट धेरै बेर सम्म भरिने हुन्छ । यसले नितम्बको क्यान्सरबाट बचाउन सक्छ । फाइबरको साथै प्रसस्त मात्रामा तरल पेय पिउनु पर्छ । दिनमा घटीमा १.२ लिटर पेय हुनुपर्दछ । मौसम र ब्यायाम गरे अनुसार पेय बढाउनु पर्दछ ।
ओमेगा-३
ओमेगा-३ बर्गको चिल्लो स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ । ओमेगा-३ को चिल्लो बिभिन्न रुपमा पाउन सकिन्छ :
मेडीटेरीयन, जापान र ग्रिनल्याण्ड, आइसल्याण्डका मानिसहरुले ओमेगा-३ ले भरिपूर्ण माछाहरु खाने हुनाले उनीहरुलाई मुटुरोग लाग्ने सम्भावना अरु पश्चिमी देशहरु जस्तै बेलायत, अमेरिका भन्दा निकै नै कम देखिएको छ । आइसल्याण्डका लोग्नेमानिसहरु विश्वमा सबैभन्दा बढी बाच्छन । उनीहरुको औसत उमेर ८०.८ बर्ष हो ।
ओमेगा-३ को खानाबाट धेरै किसिमको स्वास्थ्यमा फाइदा हुने हुनाले ओमेगा-३ हुने खानाहरु खान सुझाब दिइन्छ । यी खानाहरु भिटामिन मिनरलहरु जस्तै आयोडिन, क्याल्सियम र सेलेनियमका स्रोतहरु हुन् । अन्य पोषणका तत्वहरुमा भिटामिन ए र डी अनि प्रोटिन पाइन्छ । ओमेगा-३ को चिल्लोले गर्भवती महिला तथा स्तनपान गर्ने बच्चाको स्वस्थ्य बिकास हुन मद्दत गर्दछ । यसले सम्झना शक्ति कायम राख्नको साथै डिप्रेसनको उपचारमा पनि सहयोग गर्न सक्छ ।
एन्टीअक्सिडेन्ट
एन्टीअक्सिडेन्ट भनेको एउटा मोलिक्युल हो जसले हाम्रो शरीरमा हुने इलेक्ट्रोनहरुको नोक्सानलाई रोक्छ । एन्टीअक्सिडेन्टमा धेरै किसिमका पोषणका तत्वहरु पाइन्छ । ती मध्ये भिटामिन सी, भिटामिन इ र बेटा कारोटेन मुख्य हुन | यसका मुख्य श्रोतहरु विभिन्न किसिमका फलफुल, सागपात र तरकारीहरू, होलग्रेन अन्नहरू, सुर्यमुखी तेल आदि हुन् ।
ग्रिन टि मा फ्लाभोनोइड्स, कटेचिन्स जस्ता एन्टीअक्सिडेन्ट पाइन्छन । ग्रिन टिको नियमित सेवनले स्वास्थ्यमा अनेक फाइदा हुन्छ । जापान, चीनतिर ग्रिन टिलाई औषधिको रुपमा धेरै शताब्दी पहिले देखिनै पिउदै आइएको छ ।
रातो अंगुरमा स्वास्थ्य बर्धक धेरै एन्टीअक्सिडेन्ट जस्तै क्येर्सेटिन र रेस्भेराट्रोल पाइन्छ । यसले मुटु र क्यान्सरबाट बचाउन मद्दत गर्न सक्छ । यसकोलागि वाइन नै पिउनु पर्छ भन्ने छैन, अंगुरको जुस या अंगुर खानु नै पर्याप्त हुन्छ । बास्तबमा पुरुष चालीस बर्षभन्दा माथि र महिलाको महिनावारी रोकिएपछि थोरै मात्राको वाइन सेवनले मुटुरोग लाई फाइदा हुने पाइएको छ । ब्रिटिश मुटुरोग संघले दिनमा दुइ युनिट अल्कोहल भन्दा बढी पिउने सल्लाह कसैलाई पनि दिदैन । एक युनिटमा बियर ३३० एमएल, ह्विस्की २५ एमएल र वाइन १२५ एमएल मानिन्छ ।
धेरै मदिरा सेवनले उच्च रक्तचाप, स्ट्रोक हुने जोखिम धेरै बढ्छ । यसले अस्वस्थ्यकर क्रियाकलापलाई उक्साहित गर्दछ । मदिराले कलेजो रोग, हड्डी पातलो हुने रोग, स्नायु र मांशपेशीको नोक्सान, डिप्रेसन लगायत दुर्घटना हुने जोखिम प्रबल रुपले बढाउछ ।
जो मानिसहरु दिनमा पाच युनिट भन्दा बढी मदिरा सेवन गर्छन, उनीहरुलाई क्यान्सर हुने सम्भावना पनि धेरै रहन्छ ।
पोटासियम र अरु भिटामिनहरु
स्वस्थकर र सन्तुलित आहारले हाम्रो स्वास्थ्यमा ठुलो प्रभाब पार्दछ । जापानी र मेडिटेरियनका मानिसहरुको भोजनले शरीरलाई चाहिने मिनरल र भिटामिन पाइन्छ । यस किसिमको खानामा जनाबारबाट पाइने चिल्लो (स्याचुरेटेट फ्याट) कम हुन्छ । स्याचुरेटेट फ्याटले कोलेस्ट्रोल बढाउन महत्वपूर्ण भूमिका खेल्दछ जुन मुटुरोगको प्रमुख जोखिम हो । क्रियाशील जीबन, धुमपान त्याग्नु, चिन्ताको ब्यबस्थापन, उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेयको नियन्त्रण, पातलो शरीर, स्वास्थ्यकर खाना, दिनको आधि घन्टाको ब्यायाम आदिले कोरोनरी मुटुरोग बाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्दछ |
बढी फलफुल र सब्जी खानाले पोटासियम भन्ने रसायन पाइन्छ जसले रक्तचाप कम गर्दछ । आफ्नो करेसाबारीमा तरकारी उब्जाउने तरिका अबलम्बन गर्नु बान्छनीय हुन्छ । साग सब्जी खेतीले एक त शारीरिक क्रियाकलाप बढ्ने अर्को ताजा तरकारीको रसोस्वदन गर्न पाइन्छ । बारी नहुनेले गमलामा राखेर तरकारी फलाएको उदाहरण पनि प्रसस्त छ । जागरलाई प्रोत्साहन गरे लाभ हुन्छ ।
तपाइँ मेडिटेरियन तथा जापानिज खाना खान सक्नुहुन्छ । तलको कुरालाई ध्यान दिऔ :
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा