
काठमाडौँ, १ कात्तिक । दसैँ र इन्धन अभावको मौका छोपेर घर हिँडेका यात्रुसँग बढी भाडा लिने सवारी साधनको अनुगमन गर्न निस्कने यातायात व्यवस्था विभागको सवारीलाई नै इन्धनको अभाव भएको छ ।
कार्यालयका सवारी साधनमा इन्धन नभएकाले नियमित अनुगमन गर्न समस्या हुन थालेको विभागका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो । “ठाउँठाउँमा तेलका लागि प्रयास गरयौँ तर पाउन सकेका छैनौँ, यसअघि सात दिन लगाएर ल्याएको १५ लिटर तेल सकिएकाले अनुगमनमा समस्या भएको छ”– उनले भने ।
बल्खुबाट हेटौँडा चल्ने टाटा सुमोले तोकिएकोभन्दा तेब्बर भाडा लिएको गुनासो आएको पनि विभागले जनाएको छ । विभागले बीचमा अनुगमन गर्दा रिजर्भ भनी हिँड्ने गरेकाले गन्तव्यमा पुगेपछि अनुगमन गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिएको जनाएको छ ।
यात्रु पनि गन्तव्यमा जानुपर्ने बाध्यताले रिजर्भ नै भन्ने गरेकाले दसैँपछि उजुरी गरेमा कारबाही गरिने व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।
विभागले तोकेभन्दा बढी भाडा लिने सवारीका विषयमा ट्राफिक प्रहरीको १०३ नं मा फोन गरी उजुरी गरेमा ब्लु बुक खोसी सवारी चालकलाई कारबाही गर्ने व्यवस्था गरिएको छ । यात्रुसँग बढी भाडा लिने सवारीको जानकारी गराउन उपत्यकाका १२ स्थानमा खोलिएका नागरिक सहायता कक्षमा पनि उजुरी गर्न विभागले अनुरोध गरेको छ ।
इन्धनको अभावले गर्दा यस वर्ष दसैँमा उपत्यका बाहिरिने यात्रु घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज महिनाभरमा उपत्यका बाहिर गएका एक लाख ३२ हजार ९५१ सवारी साधनमा १० लाख ५५ हजार २३२ मानिस बाहिरिएका छन् । उपत्यका भित्रिएका एक लाख ३१ हजार २६६ सवारीमा १३ लाख १७ हजार ३४२ यात्रु प्रवेश गरेको महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
“यस वर्ष तराईमा आन्दोलन र भारतसँगको सीमा नाका बन्द रहेकाले उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हुनसक्छ”– प्रवक्ता भट्टले भने ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी