धनगढी, ३० असोज । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी शान्ति सुरक्षाको भरपर्दो र प्रभावकारी व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले आजदेखि दसैँ तिहार विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले दसैँ तिहार विशेष सुरक्षा योजनाअन्तर्गत धनगढी उपमहानगर क्षेत्रमा हतियारसहितको प्रहरीको ‘टाइगर टोली’ परिचालन गरिएको जानकारी दिए ।
मोटरसाइकलमा गस्ती गर्ने हतियारसहितको २० जनाको यो टोलीले अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय हुने बताइएको छ ।
यसबाहेक माउन्टेन बाइकमा खटिने प्रहरी टोलीले पनि महानगरका भित्री गल्ली र सडकमा गस्ती गरी शान्ति सुरक्षाको व्यवस्था गर्न लागेको जनाइएको छ ।
यस्तै चाडपर्वका बेला बढ्न सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्थापनका साथै राजमार्ग क्षेत्रमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता अपराधिक घटना हुन नदिन त्यस्ता घटना हुने स्थानको पहिचान गरी हालको अवस्थामा कैलालीको मध्यक्षेत्रको पहलमानपुर, र मसुरिया क्षेत्रमा गस्ती पेट्रोलियमको व्यवस्था गरिएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी