काठमाडौँ, ३० असोज । नेकपा(एमाले)का नेता माधवकुमार नेपालले विगतको कमीकमजोरीलाई स्वीकार गरेर सहमतिमा आए नेपाली काँग्रेसले चाहेको पद दिन सकिने बताएका छन् ।
कागेश्वरी मनहरा नगरपालिका गोठाटारमा आज आयोजित एक कार्यक्रममा उनले संविधान जारी गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न तयार भए आपूmहरुले पनि काँग्रेसलाई उचित स्थान दिएर सरकारमा ल्याउन तयार रहेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, “इतिहासमा नै महिला पहिलो पटक सभामुख भएकोमा मुलुकका समग्र महिलाले खुसी व्यक्त गरेका छन् । केही समयपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि महिला नै बन्दै हुनुहुन्छ । राष्ट्रपति पनि महिला नै भए सबै भन्दा राम्रो हुन्छ । हामी त्यसको प्रयत्नमा छौ ।”
नेपालको संविधान जारी हुँदा ८५ प्रतिशतको हस्ताक्षर र ९० प्रतिशतको सहमति भएको र प्रधानमन्त्री र सभामुखको निर्वाचनपछि शत प्रतिशतले संविधान स्वीकार गर्नु सुखद भएको बताउँदै नेता नेपालले आगामी दिनमा मुलुकमा अझ एकतावद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले काठमाडौँ – तराई द्रुत मार्ग करोडौँ भ्रष्टाचार गरेर भारतीय कम्पनीलाई दिन लागिएकोप्रति आपत्ति जनाउँदै नेपाली व्यवसायीलाई नै निर्माणका लागि दिनुपर्ने, यदि त्यसो हुन नसके विश्वव्यापी बोलपत्र आह्वान गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा सांसद् रामेश्वर फुयालले स्थानीय क्षेत्रको विकास निर्माणमा सबै राजनीतिक दल केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिए ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर