काठमाडौँ, ३० असोज । नेकपा(एमाले)का नेता माधवकुमार नेपालले विगतको कमीकमजोरीलाई स्वीकार गरेर सहमतिमा आए नेपाली काँग्रेसले चाहेको पद दिन सकिने बताएका छन् ।
कागेश्वरी मनहरा नगरपालिका गोठाटारमा आज आयोजित एक कार्यक्रममा उनले संविधान जारी गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न तयार भए आपूmहरुले पनि काँग्रेसलाई उचित स्थान दिएर सरकारमा ल्याउन तयार रहेको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, “इतिहासमा नै महिला पहिलो पटक सभामुख भएकोमा मुलुकका समग्र महिलाले खुसी व्यक्त गरेका छन् । केही समयपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि महिला नै बन्दै हुनुहुन्छ । राष्ट्रपति पनि महिला नै भए सबै भन्दा राम्रो हुन्छ । हामी त्यसको प्रयत्नमा छौ ।”
नेपालको संविधान जारी हुँदा ८५ प्रतिशतको हस्ताक्षर र ९० प्रतिशतको सहमति भएको र प्रधानमन्त्री र सभामुखको निर्वाचनपछि शत प्रतिशतले संविधान स्वीकार गर्नु सुखद भएको बताउँदै नेता नेपालले आगामी दिनमा मुलुकमा अझ एकतावद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले काठमाडौँ – तराई द्रुत मार्ग करोडौँ भ्रष्टाचार गरेर भारतीय कम्पनीलाई दिन लागिएकोप्रति आपत्ति जनाउँदै नेपाली व्यवसायीलाई नै निर्माणका लागि दिनुपर्ने, यदि त्यसो हुन नसके विश्वव्यापी बोलपत्र आह्वान गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा सांसद् रामेश्वर फुयालले स्थानीय क्षेत्रको विकास निर्माणमा सबै राजनीतिक दल केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी