
व्यवस्थापिका संसदमा शुक्रबार भएको सभामुख पदको निर्वाचनमा एकीकृत नेकपा (माओवादीका) का सभासद् ओनसरी घर्ती निर्वाचित भएपछि अभिवादन गर्नुहुँदै, साथमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य सभासद्हरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, २९ असोज । नेपालको संविधान लागू भएपछि व्यवस्थापिका–संसद्को सभामुख पदमा एकीकृत नेकपा (माओवादी)का सांसद् ओनसरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन् ।
विसं. २०४६ को प्रजातान्त्रिक परिवर्तनपछि आठौँ सभामुख भएकी घर्ती पहिलो महिला सभामुख पनि भएकी छिन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरको उम्मेदवारी फिर्ता भएपछि घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले घर्तीको सो पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
घर्ती निवर्तमान उपसभामुख हुन् । घर्तीको प्रस्तावकमा नेकपा (एमाले) का सांसद विद्यादेवी भण्डारी र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का सांसद् कुन्तीकुमारी शाही र बहुजन शक्ति पार्टीका सांसद् विश्वेन्द्र पासवान थिए । घर्तीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि समर्थन गरेको थियो ।
ज्येष्ठ सदस्य राजवंशीले घर्ती सो पदमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरे ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी