
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै राष्ट्रपति डा रामवरण यादव । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक समृद्धि नै देशको महत्वपूर्ण गन्तव्य हो । त्यसका लागि एनआरएनएको महत्वपूर्ण भूमिका रहनेछ ।”
वैशाखमा गएको भूकम्पपछि विदेशमा रहेका नेपालीले उल्लेखनीय सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपति डा यादवले आगामी दिनमा भूकम्पपछिको पुनःनिर्माणमा एनआरएनएको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “भूकम्पले देशको जमिन चीरा परेको थियो, तर नेपालको मन एकताबद्ध भएको थियो । यसलाई समृद्ध बनाउन विश्वमा रहेको सम्पूर्ण नेपालीको अहम् भूमिका हुनेछ ।” राष्ट्रपति डा यादवले गैरआवासीय नेपालीको ज्ञान, सीप र प्रविधिको सहयोगबाट मुलुकको मुहार फेर्न सक्ने प्रशस्त सम्भावना रहेको पनि बताउनुभयो ।
सार्वभौम संविधानसभाबाट संविधान जारी गरी सात दशक लामो नेपालीको आकांक्षा पूरा भएको उल्लेख गर्दै उहाँले यो संविधानको कार्यान्वयनले साँचो अर्थमा लोकतान्त्रिक, सङ्घीय, समावेशी संविधानले सबै क्षेत्र, वर्ग र समुदायको सम्बोधन हुने बताउनुभयो ।
संविधानको कार्यान्वयन अत्यन्त अप्ठ्यारो रहेको बताउँदै उहाँले चुनौतीपूर्ण कार्यलाई सम्पन्न गर्न सबै राजनीतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियताको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “धोती, टोपी, लगौँटी, लुँगी, बक्खु, कछाड लगाउने हामी सबै एक हौँ । उनीहरु सबैको आवाज सम्बोधन हुने आशा लिएको छु ।”
राष्ट्रपति डा यादवले गैरआवासीय नेपालीलाई गाउँगाउँमा जान आग्रह गर्दै आर्थिक, सामाजिक सांस्कृृतिक अधिकारसहित गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने वैधानिक अधिकार उपलब्ध गराएकाले यसले देशको समृद्धिको सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति डा यादवले भन्नुभयो, “नेपालको कला संस्कृति र सभ्यतामा हामी गौरव गछौँ । यसलाई विश्वसमक्ष पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।”
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ