काठमाडौँ, २८ असोज । एकीकृत नेकपा (माओवादी) ले सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सभामुखमा घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चुडामणि खड्काका अनुसार एमाओवादीले पाएका मन्त्रीको चयन गर्ने जिम्मा भने बैठकले अध्यक्ष दाहाललाई नै दिएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्रालयको जिम्मा महासचिव कृष्णबहादुर महरालाई दिने विषयमा छलफल भएपनि अन्तिम निर्णय भने भइसकेको छैन । यस्तै, पार्टी सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, स्थायी समिति सदस्यहरु अग्निप्रसाद सापकोटा, शक्ति बस्नेतलगायत नेता पनि मन्त्री बन्ने निश्चित जस्तै भएको छ ।
यसअघि एमाओवादीका तर्फबाट कोषाध्यक्ष हरिबोल गजुरेलले कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी