काठमाडौँ, २६ असोज । मलेसियामा हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा १७ सदस्यीय नेपाली टोलीलाई क्यानका पदाधिकारीहरुले सफलताको शुभकामना दिँदै बिदाइ गरे । टोलीमा १४ सदस्यीय खेलाडीसहित तीन जना पदाधिकारी छन् ।
टोली आज मध्याह्न १२ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने क्यानले जनाएको छ । यही असोज २६ गतेदेखि सञ्चालन हुने उक्त छनोट प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्याण्ड, युगान्डा र पपुवा न्युगिनी सहभागी छन् ।
नेपालले भने आफ्नो पहिलो खेल यही असोज २८ गते बिहीबार पपुवा न्युगिनीसँग खेल्नेछ भने दोस्रो खेल शुक्रबार युगान्डासँग खेल्नेछ । यसअघि नेपाली टोली मलेसियामा भएको १९ वर्ष मुनिको आइसिसी प्रिमियर लिगको उपविजेतासमेत बनेको थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप च्याम्पियनसिप खेल्न पाउनेछ । उन्नाइस वर्षमुनिको विश्वकपमा आइसिसीका १० पूर्ण सदस्य राष्ट्र वेष्ट इन्डिज, अस्ट्रेलिया, जिम्बाब्वे, बङ्गलादेश, वेलायत, न्युजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र भारत सहभागी हुनेछन् ।
यस्तै, उक्त प्रतियोगिताका लागि स्कटल्याण्ड, अफगानिस्तान, नामिबिया र क्यानाडाले छनोट चरण पार गरिसकेका छन् । उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले भारतको नयाँ दिल्लीमा दुई हप्ता अभ्यास गरेको थियो ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग