काठमाडौँ, २४ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको छ ।
नेपालको नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री पदमा निर्वाचन हुँदै छ । तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) कार्यालयमा आज बसेको सो मोर्चाको बैठकले सो निर्णय गरेको तमलोपाका नेता अकबाल अहमद साहले सञ्चारकर्मीलाई जानकारी दिए ।
सो मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी आबद्ध रहेका छन् । बैठकले मधेसी, जनजाति, थारु, मुस्लिमविरुद्धको बामपन्थी गठबन्धनलाई परास्त गर्न नेकाका सभापति कोइरालालाई प्रममा मतदान गर्ने निर्णय गरेको नेता साहले जानकारी दिए ।
साथै बैठकले तराई मधेस आन्दोलनलाई जारी राख्ने पनि निर्णय गरेको छ ।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार