साउदी अरब, २४ असोज । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर यहाँ आएका करिब १०० नेपाली बिचल्लीमा परेका छन् ।
धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन् ।
उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एडभेन्चर ह्युमन रिसोर्सेस गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत वैदेशिक रोजगारी सिलसिलामा साउदी आइपुगेका हुन् । दुई वर्षे करार सम्झौतामा अल जजीरा सर्पोट सर्भिस् कम्पनीमा कामदारका रुपमा आएका उनीहरुले अहिलेसम्म काम पाउन सकेका छैनन् । गत सेप्टेम्बरको १ र २ तारिखमा विभिन्न समूहमा गरी साउदी आएका उनीहरु हराजस्थित दुई वटा शिविरमा आश्रय लिएर बसिरहेका छन् ।
एक हजार २०० साउदी रियल तलब पाउने गरी सस मेनपावरमार्फत उक्त कम्पनीमा आएका दार्चुलाका वीरसिंह समालले आफू नराम्रोसँग ठगिएको दुखेसो गरे ।
मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूसँग एक लाख हजार रुपैयाँ लिएको उनले बताए । “ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुङ्गो छैन,” समालले भने – “आएको दिनदेखि नै चिसो भुर्इंमा सुतेका छौँ ।” पीडित समालका अनुसार कम्पनीले खानाका लागि २०० साउदी रियलबाहेक अहिलेसम्म केही दिएको छैन ।
समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन ईगल मेनपावरलाई एक लाख पाँच हजार बुझाएर उक्त कम्पनीमा आएको बताए । आफूसँगै उक्त शिविरमा रहेका १०० नेपालीले अहिलेसम्म काम नपाएको जानकारी राउतले दिए ।
गोल्डेन ईगल मेनपावरमार्फत नै साउदी अरब आइपुगेका उदयपुरका प्रदीप राउतले डेढ महिना खाली हात बस्नुपर्दा घरपरिवार समेत तनावमा रहेको बताए । उहाँका भनाइमा मासिक एक हजार २०० रियल कमाइ हुन्छ भनेर मेनपावर कम्पनीले रु ७० हजार लिएको थियो ।
उनले भने – “काम लगाउने विषयमा कम्पनीले चासो नदिएपछि काठमाडौँमा रहेको मेनपावर कम्पनीलाई पटकपटक फोन ग¥यौं । फोन गर्दा केही दिनमै काम मिल्छ भन्ने आश्वासन पाउँछौँ तर आजसम्म काम पाएको छैन ।” आजभोलि मेनपावर कम्पनीलाई फोन गर्दा फोन नउठ्ने गरेको उनको दुखेसो छ ।
शिविरमा एउटा कोठामा ८–९ जना सम्म कोच्चिएर बस्न बाध्य छन् । पिउने पानीको व्यवस्था नभएर केही नेपाली कामदार बिरामी परेको बताइएको छ । राउतका अनुसार कम्पनीले काममा लगाउन नसक्दा केही नेपाली कामदार कामको खोजीमा कम्पनी छाडेर भागेका छन् ।
यस्तै, सस मेनपावरमार्फत रु ९० हजार बुझाएर सो कम्पनीमा कामदारका रुपमा आएका सिन्धुलीका सूर्य लामाले मेनपावर कम्पनीले आफूहरुलाई विदेशी भूमिमा अलपत्र पारेको बताए । कमाइ हुन नसक्दा घरपरिवारलाई फोन गर्नसमेत नपाएको उनले गुनासो गरे ।
एडभेन्चर ह्युमन रिसोर्सेसमार्फत साउदी आइपुगेका महोत्तरीका भरत यादवले डेढ महिनादेखि काम गर्न नपाउँदा आफूहरु निकै पीडित बनेको बताए । मेनपावर कम्पनीले आफूसँग रु ९० हजार लिएर पठाएको भए पनि अहिलेसम्म काममा लगाउन नसकेको यादवले सुनाए ।
तेह्रथुमका हजिन्द्रबहादुर कार्कीको पीडा पनि उस्तै छ । काम नपाएर आफूहरु बिचल्ली पर्दा पनि हारगुहारका लागि कसैसँग सम्पर्क गर्न नसकेको उनले बताए ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड