लन्डन । नेपाली व्यवसायीले सञ्चालन गरेको अल्डरसटस्थित गोर्खा भिल्ला रेष्टुरेन्टको ‘फुड हाइजिन’ ज्यादै खस्केको पाइएपछि काउन्सिलले सञ्चालकलाई सचेत गराएको छ । रसमुर बरो काउन्सिलले बिहीबार औपचारिक रुपमा रेष्टुरेन्टलाई ‘फुड हाइजिन’ बारे सचेत गराएको हो ।
गत १९ अगष्टमा काउन्सिलका वातावरणीय स्वास्थ्य अधिकृतहरुले आकष्मिक छड्के जांच गर्दा रेष्टुरेन्टको फुड हाइजिन जनस्वास्थ्यलाई नै असर गर्ने खालको पाइएको थियो ।
जांचका क्रममा काउन्सिल अधिकृतहरुले खाना पकाउने भान्सा र रेष्टुरेन्ट परिसर दुर्गन्धित भेट्टाएका थिए । भांडा वर्तन पनि फोहोर र असरल्ल थिए । जांचपछि काउन्सिलले तत्काल सुधार आवश्यक रहेको निष्कर्ष सहित जिरो रेटिङमा झारिदिएको थियो । त्यस लगत्तै रेष्टुरेन्ट बन्द गरिएको थियो । काउन्सिलले बारम्बारको निरिक्षणपछि आवश्यक सुधार गरेर रेष्टुरेन्ट ९ दिनपछि पुनः सञ्चालन गर्न अनुमति दिएको थियो ।
गोर्खा भिल्ला लि.का निर्देशक आनन्द देवानले काउन्सिलको छड्केपछि आफ्नो कमजोरी स्वीकार्दै भविष्यमा कम्पनी बन्द गर्ने मनसाय जाहेर गरेका थिए ।
काउन्सिलकी वातावरणीय स्वास्थ्य अधिकृत जुली बर्कले आफूले पहिलोपटक यस्तो दुर्गन्धित पाएको बताइन् ।
काउन्सिल अन्तर्गत सेफ्टी एण्ड रेगुलेसनका क्याबिनेट मेम्बर काउन्सिलर केन मस्च्याम्पले रेष्टुरेन्टको अवस्था देखेर आश्चर्यचकित भएको उल्लेख गर्दैै रसमुरवासीलाई फुड स्ट्याण्डर्ड एजेन्सीको फुड हाइजिन रेटिङ परिक्षण गर्न पनि आग्रह गरे । व्यक्तिगत भन्ने हो भने आफू ४ वा ५ रेटिङ पाएको रेष्टुरेन्टको मात्र खाना खाने उनको भनाइ थियो ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी