गैरआवासीय नेपाली संघ (एनआरएन) शुरुमा सानो एउटा सामाजिक नेटवर्क बनाउने उद्देश्य राखेर शुरु गरिएको थियो तर यसले छोटो समयमै यति ठूलो आकार लियो । छोटो समयमै ठूलो संजालमा विस्तार भएका कारणले संस्थागत विकासका लागि यसका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले तीनपटक नेतृत्व लिनुपर्यो । उहाँले यसरी नेतृत्व लिनुमा संगठनको आवश्यकता र ग्रासरुटको माग दुवै थियो । त्यसपछि देवमान हिराचन र जीवा लामिछाने अध्यक्ष हुनुभयो । हिराचनले दोस्रो कार्यकालका लागि रहर गर्नुभए पनि पाउनु भएन भने लामिछानेले दोस्रो कार्यकालका लागि आकांक्षा नै राख्नुभएन ।
शेष घलेले नेतृत्व लिँदासम्म एनआरएन आफैँ ठूलो संस्था भइसकेको छ । शुरुमा नपत्याएको सरकारले पनि एनआरएनलाई मान्यता दिइसकेको छ भने वैधानिक रुपमै एनआरएन दर्ता पनि भइसकेको छ । अष्ट्रेलियामा अर्बपतिको हैसियत बनाएका घलेलाई शुरुमा एनआरएनमा भिज्न केही असजिलो भएजस्तो देखिए पनि केही महिनाभित्रैमा उनले पूर्णरुपले एनआरएनमा योगदान दिन शुरु गरे । एनआरएनले घलेजस्तो आर्थिक, बौद्धिक र नेतृत्व क्षमता भएको व्यक्ति पाउनु गर्वको कुरा हो ।
एनआरएन आइसिसीको कार्यकाल दुईवर्षको मात्र हुँदा अध्यक्षहरुले आफ्नो लक्षित कार्यहरु पूरा गर्न नपाएको गुनासो नयाँ होइन । अझ घलेको कार्यकालमा त नेपालमा विनासकारी महाभुकम्प गयो । नेपालमा नेपालीमाथि परेको विपत्तिमा सहयोग गर्ने एनआरएनको मूल उद्देश्यलाई दह्रोसित आत्मसात गर्दै उनले भुकम्प पीडितहरुलाई एक हजार घर बनाइदिने अठोट व्यक्त गरे । यतिमात्र होइन उनको कार्यको कदर गर्दै नेपाल सरकारले उनलाई पुनर्निर्माणको दुत पनि चयन गरेको छ । यसकारण आफ्ना अधुरा कार्य पूरा गर्न र नेपालमा भुकम्पपछिको अति असामान्य अवस्थालाई एनआरएनको मञ्चमार्फत ठीकसँग सम्बोधन गर्न शेष घलेलाई पुनः अध्यक्ष बनाउनु जरुरी छ ।
शेष घलेलाई अध्यक्ष दोहोर्याउँदा एनआरएनको नेतृत्व विकासमा बाधा पर्छ कि भन्ने प्रश्न उठ्न सक्छ । स्वाभाविक रुपमा उपाध्यक्ष, महासचिवका रुपमा काम गरेका साथीहरुलाई अध्यक्ष बन्ने चाहना हुने नै भयो तर वर्तमान कार्यसमितिका साथीहरुले परिस्थितिको गम्भीरता बुझेर होला अध्यक्ष बन्ने आकांक्षा राख्नुभएको छैन । अर्को शब्दमा भन्नुपर्दा, चाहना धेरैमा हुनसक्छ तर यतिबेला शेष घलेको दाँजोमा एनआरएनलाई बौद्धिक, आर्थिक र सक्षम नेतृत्व दिनसक्ने व्यक्ति अरु छैन । यस्तो बेलामा शेष घलेले पुनः एकपटक अध्यक्षको चाहना राख्नु र ७० वटा राष्ट्रिय समन्वय समितिहरुमध्ये अधिकांशले उहाँलाई नेतृत्व लिन अनुरोध गर्नु सुखद संयोग हो ।
यतिबेला एनआरएनका वर्तमान उपाध्यक्ष भवन भट्टले भन्नुभएको ‘एनआरएन हारजितभन्दा पनि संजाल हो’ भन्ने वाक्यांशको सम्झना आउँछ । एनआरएनमा दुईवर्ष कुर्दैमा राजनीतिमा जस्तो बित्ने धेरै कुरा छैन । आजको अवस्था दुई वर्षपछि त्यति टाढा जाँदैन । त्यसैले शेष घलेले पनि चाहना गर्नुभएको अवस्थामा हामीले यसपटक उहाँलाई सर्वसम्मत गर्नसके राम्रो सन्देश जाने थियो ।
कुराकानीमा अाधारित
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई