लन्डन । लन्डनका एकजना समाजसेवी एवं पुराना व्यवसायी महन्तबहादुर श्रेष्ठले आफ्नो उत्पादन खुकुरी बियरको प्रति बोटल विक्रीको दश पेन्स च्यारिटीलाई दिने भएका छन् । ब्रिटिश सेनामा गोर्खा भर्ती र बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा श्रेष्ठले खुकुरी बियरको लेबल नै परिवर्तन गरेर च्यारिटी गर्ने निधो गरेका हुन् ।
श्रेष्ठले हाल भइरहेको हरियो रंगको सट्टा गोल्ड कलर बनाएर बियरको बोटलमा गोर्खा इतिहास र उनीहरुको योगदान समेत उल्लेख गरेका छन् । श्रेष्ठकै शब्दमा बोटलको सबै लेवल परिवर्तन गर्न करिब ६५ हजार पाउण्ड (प्लस भ्याट) खर्च भएको छ । उनले सन् २०१६ भर विक्री भएकोबाट गोर्खा वेलफेयर ट्रष्ट नामक च्यारिटी संस्थामार्फत सहयोग गर्ने उल्लेख गर्दै रकम मासिक तीन हजार पाउण्ड हुने अपेक्षा व्यक्त गरे । उक्त बियर मासिक अढाइ सय ब्यारेल उत्पादन हुने श्रेष्ठ बताउंछन् । ट्रष्टले हाल भूकम्प पीडित र नेपालमा रहेका गोर्खा भेट्रानहरुको स्वास्थ्य, आर्थिक लगायत क्षेत्रमा सहयोग गरिरहेको छ ।
‘हामी बेलायत बसे पनि देशका लागि केही गर्नुपर्छ भन्ने मेरो भावना छ’, श्रेष्ठले भने, ‘सानो सहयोग गर्न सके भावी पिंढीलाई पनि प्रेरणा मिल्न सक्छ ।’
सन् २००३ बाट बेलायतमै उत्पादन हुन थालेको खुकुरी बियर नेपाली दूतावास, लन्डन मेला देखि बेलायतको परराष्ट्र मन्त्रालय (एफसिओ) सम्म निशुल्क उपलव्ध हुन्छ । ब्रिटिश करी अवार्डस्मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र गत जुनमा ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष प्रवेशको अवसरमा चेल्सी हस्पिटलमा आयोजित विशेष समारोहमा प्रिन्स चाल्र्स, विलियम र ह्यारीले समेत खुकुरी वियर चाखेको श्रेष्ठले जनाए । रानीको जन्मोत्सवका बेला बेलायतबाटै खुकुरी बियर नेपालस्थित दूतावास पठाइएको श्रेष्ठले स्मरण गरे ।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष, इलिङ च्याम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं एनआरएनए यूकेका संस्थापक अध्यक्ष श्रेष्ठले भूकम्प लगत्तै च्यारिटी गरि ८ हजार पाउण्ड (१२ लाख रुपैयां बढि) अक्सफाम च्यारिटीमार्फत पीडितलाई प्रदान गरेका थिए । उनी ट्रष्टी रहेको राम मन्दिरले पनि प्रधानमन्त्री राहत कोषमा बेग्लै सहयोग प्रदान गरेको थियो ।
बेल्जियमबाट मन्डे सेलेक्सन गोल्ड अवार्ड पाइसकेको खुकुरी बियर हाल बेलायत, अमेरिका, जापान, युरोप गरि १२ मुलुकमा वितरण भइरहेको जनाइएको छ ।
चार दशकदेखि बेलायतमै रहेका श्रेष्ठको इलिङमा सञ्चालित मन्टिज अत्यधिक चल्ने रेष्टुरेन्टमा पर्छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ