लन्डन । कलाकार नोरिन डेन्जिलले बनाएको सार्जेन्ट दीपप्रसाद पुन (सिजिसी) को चित्र भूकम्प पीडितको सहयोगार्थ विक्री भएको छ । डेन्जिलले गत महिना उक्त चित्र हाल नेपालका भूकम्प पीडितको सहयोगमा केन्द्रित भइरहेको गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरेकी थिइन् । सो चित्र पुनको रेजिमेन्ट दि रोयल गोर्खा राइफल्स् ले लिएर ट्रष्टलाई दुई हजार पाउण्ड प्रदान गरेको छ । उक्त चित्र सोर्नक्लिफ, केन्टस्थित ब्यारेकमा झुण्ड्याइने छ ।
सार्जेन्ट पुनले सन् २०१० मा अफगानिस्तानमा युद्धका क्रममा बहादुरी प्रदर्शन गरेर बेलायतको दोश्रो उच्च पदक कन्सपिसिअस् ग्यालेन्टी क्रस (सिजिसी) प्राप्त गरेका थिए । सन् २०१५ मा ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइरहंदा सार्जेन्ट पुनको सहभागिता पनि चर्चामा छ । गत जुनमा उनी प्रिन्स ह्यारीसहित बेलायती राजपरिवारको समेत आकर्षणमा थिए ।
कलाकार डेन्जिलले यसै वर्षको प्रारम्भतिर युद्ध झल्कने चित्रकला प्रदर्शनी सोचिरहेका बेला सार्जेन्ट पुनको साहसिक कदम स्मरण गर्दै उनको चित्र कोर्ने अभिलासा लिएकी थिइन् ।
डेन्जिलले गोर्खा भेट्रानहरुलाई सहयोग गरिरहेकाले ट्रष्टलाई चित्र हस्तान्तरण गर्ने निर्णय गरेको बताएकी छिन् । उनलाई गोर्खा हिरोको चित्र बनाउन जति गर्व छ, उक्त चित्र सार्जेन्ट मेसमा झुण्डने भएर झन् बढि खुशी मिलेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा