लन्डन । कलाकार नोरिन डेन्जिलले बनाएको सार्जेन्ट दीपप्रसाद पुन (सिजिसी) को चित्र भूकम्प पीडितको सहयोगार्थ विक्री भएको छ । डेन्जिलले गत महिना उक्त चित्र हाल नेपालका भूकम्प पीडितको सहयोगमा केन्द्रित भइरहेको गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरेकी थिइन् । सो चित्र पुनको रेजिमेन्ट दि रोयल गोर्खा राइफल्स् ले लिएर ट्रष्टलाई दुई हजार पाउण्ड प्रदान गरेको छ । उक्त चित्र सोर्नक्लिफ, केन्टस्थित ब्यारेकमा झुण्ड्याइने छ ।
सार्जेन्ट पुनले सन् २०१० मा अफगानिस्तानमा युद्धका क्रममा बहादुरी प्रदर्शन गरेर बेलायतको दोश्रो उच्च पदक कन्सपिसिअस् ग्यालेन्टी क्रस (सिजिसी) प्राप्त गरेका थिए । सन् २०१५ मा ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइरहंदा सार्जेन्ट पुनको सहभागिता पनि चर्चामा छ । गत जुनमा उनी प्रिन्स ह्यारीसहित बेलायती राजपरिवारको समेत आकर्षणमा थिए ।
कलाकार डेन्जिलले यसै वर्षको प्रारम्भतिर युद्ध झल्कने चित्रकला प्रदर्शनी सोचिरहेका बेला सार्जेन्ट पुनको साहसिक कदम स्मरण गर्दै उनको चित्र कोर्ने अभिलासा लिएकी थिइन् ।
डेन्जिलले गोर्खा भेट्रानहरुलाई सहयोग गरिरहेकाले ट्रष्टलाई चित्र हस्तान्तरण गर्ने निर्णय गरेको बताएकी छिन् । उनलाई गोर्खा हिरोको चित्र बनाउन जति गर्व छ, उक्त चित्र सार्जेन्ट मेसमा झुण्डने भएर झन् बढि खुशी मिलेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते