काठमाडौँ, ६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अङ्गीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुलुकको राष्ट्र प्रमुख वा सरकारको कार्यकारी पदमा जान पाउने व्यवस्था संविधानमा राख्न नसकिने बताएका छन् ।
वाम–प्रजातान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको प्रथम स्मृति दिवसका अवसरमा आज यहाँ साहना प्रधान प्रतिष्ठान र पेसागत महासङ्घ नेपालले आयोजना गरेको ‘नयाँ संविधान र मुलुकको भावी दिशा’ विषयको कार्यक्रममा नेता ओलीले अमेरिकामा पनि अङ्गीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति जस्ता पदमा जान नपाइने व्यवस्था भएकाले नेपालमा पनि सो व्यवस्था लागू हुने बताए ।
संविधानप्रति असन्तुष्ट तराई मधेस केन्द्रित दलले सो व्यवस्था हुनुपर्र्नेलगायत माग राखिरहेका छन् । अध्यक्ष ओलीले भने, “नेपाल गरिब र सानो मुलुक भयो भन्दैमा छिमेकीले जे भन्यो त्यही मान्नुपर्छ भन्ने छैन ।”
उनले तराईका जनता भड्काउने काम भइरहेको जनाउँदै संविधान आफँैमा दाल–चामल बोकेर आउने चिज नभएकाले यसले अधिकार र समान अवसरको सिद्धान्त मात्र ल्याएको बताए । उनले भने–आन्दोलनका नाममा अनावश्यक हिंसा निम्त्याएर दुई तिहाइ बहुमतबाट बनेको संविधानलाई नमान्नु लोकतन्त्रसम्मत हुँदैन । ”
संविधान कार्यान्वयनमा जोड
एमाले वरिष्ठ नेता झलनाथ खनालले नेत्री प्रधान जस्ता व्यक्तिको लडाइँ र सङ्घर्षको उपलब्धिका रुपमा लोकतान्त्रिक संविधानलाई लिनुपर्ने बताए । एमालेका अर्का नेता माधवकुमार नेपालले नयाँ संविधानका नाममा धेरै विवाद गर्नुभन्दा यसको इमान्दार कार्यान्वयनमा उत्रनु आवश्यक रहेको उल्लेख गरे ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले महिला शिक्षा र मतदानको अधिकारका लागि राणाकालमै सङ्घर्षमा उत्रिएकी साहनालाई आफूहरूले अभिभावकका रुपमा सदैव स्मरण गर्ने बताइन् । एमाले उपमहासचिव घनश्याम भुसालले भारतसँगको सम्बन्ध र उतारचढावको शृङ्खला लामो समयदेखि चलेकाले उचित राजनीतिक र कूटनीतिक तहको छलफलबाट नेपालको स्वाभिमान उठाउने कार्यमा लाग्न सबैलाई आग्रह गरे ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान अग्रगामी, समावेशी, समानुपातिकसमेत भएको जनाउँदै अब आर्थिक क्रान्तिमा होमिन सबैलाई आग्रह गरे । नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले वामपन्थी नेताका बीचमा हुने आपसी खिचातानी, राजनीतिमा अपराधीकरण र भ्रष्ट प्रवृत्तिको अन्त्य नभएसम्म नेत्री प्रधानका सपना पूरा नहुने धारणा राखेका थिए ।
सहानाका पुत्र उमेशलाल श्रेष्ठले कम्युनिस्ट कार्यकर्तालाई नेता विशेषको गुट वा पिछलग्गु बनाउँदा मुलुक हाँक्ने पार्टीका रुपमा पार्टी रुपान्तरित हुन नसक्ने टिप्पणी गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते