काठमाडौँ, ५ असोज । मुख्यसचिव डा सोमलाल सुवेदीले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय र केन्द्रलाई सङ्घीयता कार्यान्वयन गर्ने सन्दर्भमा पाँचबुँदे निर्देशन दिएका छन् ।
मुख्य सचिव डा सुवेदीले मंगलबार सबै मन्त्रालय, आयोग र सचिवालयलाई संविधानले तोकेको तीन तहको कार्यसूची र सहवर्ती अधिकारबमोजिम आआफ्नो जनशक्ति, स्रोत र सङ्गठनको विवरण र मिलान गर्न सम्भावित तरिका र योजना तर्जुमा गर्ने, हरेक मन्त्रालय र निकायमा विगतको पुनःसंरचना प्राविधिक समितिलाई थप क्रियाशील बनाउने, उक्त समितिमा कानुन र लेखा शाखा प्रमुखलाई पनि समावेश गर्ने, त्यस्तो समितिले नियमित कार्य गरी १५–१५ दिनमा कार्य प्रगति सामान्य प्रशासन मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् ।
त्यसैगरी आआफ्ना निकाय र मातहत निकायका कानुन संविधानअनुरुप मिलान, परिमार्जन र तर्जुमा गर्नुपर्ने प्राथमिकता सूची तयार गरी कार्यान्वयन कार्य योजना बनाउन सचिवले नै संयोजन गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन, प्रदेशमा रहेका आआफ्ना जनशक्ति, स्रोत, सम्पत्ति विवरण तयार गर्न र अब उप्रान्त सङ्गठन संरचना परिवर्तन र सङ्गठन विकास अध्ययन गर्दा सङ्घीय ढाँचा एवम् संविधानबमोजिम आवश्यक पर्नेबाहेक कर्मचारी दरबन्दी थप्ने कार्य नगर्न पनि निर्देशन दिएका छन् ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा