
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को कार्यालय सानेपामा उक्त पार्टीका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ५ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधानप्रति असहमति जनाई आन्दोलन गरिरहेका पक्षहरुसँग राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेको छ ।
मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकको आज बसेको बैठकले यस्तो आग्रह गर्दै पहिचान र सामर्थ्यको आधारमा सङ्घीयताको सीमाङकनलाई टुङ्ग््याउन जोड दिएको छ ।
मोर्चाको आज बसेको बैठकपछि फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले एक विज्ञप्ति जारी गरी मधेस थरुहटका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला विवादको केन्द्रमा रहेको र संविधानमा आवश्यक संशोधन यो मुद्दालाई समेट्न ध्यानाकर्षण गरेको छ ।
तराई मधेस, थरुहट क्षेत्रमा हाल भइरहेको शान्तिपूर्ण राजनीतिक आन्दोलनमाथि सुरक्षा दमन नगर्न, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न, घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नसमेत मोर्चाले सरकारसँग माग गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ – “सङ्घीयताको विषयमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्छ ।” सो बैठक मोर्चाको केन्द्रीय संयोजन समितिका संयोजक गच्छदारको अध्यक्षतामा बसेको थियो ।
यसैबीच, संयोजक गच्छदारले सबै जनताले नयाँ संविधानप्रति अपनत्व महसुस गर्न सकोस् भन्नाका लागि तराई मधेस एवम् थरुवानका जनताले आन्दोलन गरिरहेका बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिक सहमतिका आधारमा वर्तमान समस्याको हल होस् भन्ने आफूहरुले चाहेको बताउनुभयो ।
संयोजक गच्छदारले भन्नुभयो – नयाँ संविधान विगतका भन्दा अग्रगामी छ । यति हुँदाहुँदै पनि सङ्घीयताको विषयमा यसले थारु समुदायका भावना समेट्न सकेन । संविधान संशोधन गरी थारु समुदायको भावनालाई समेट्नु पर्दछ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ