
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को कार्यालय सानेपामा उक्त पार्टीका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ५ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधानप्रति असहमति जनाई आन्दोलन गरिरहेका पक्षहरुसँग राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेको छ ।
मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकको आज बसेको बैठकले यस्तो आग्रह गर्दै पहिचान र सामर्थ्यको आधारमा सङ्घीयताको सीमाङकनलाई टुङ्ग््याउन जोड दिएको छ ।
मोर्चाको आज बसेको बैठकपछि फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले एक विज्ञप्ति जारी गरी मधेस थरुहटका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला विवादको केन्द्रमा रहेको र संविधानमा आवश्यक संशोधन यो मुद्दालाई समेट्न ध्यानाकर्षण गरेको छ ।
तराई मधेस, थरुहट क्षेत्रमा हाल भइरहेको शान्तिपूर्ण राजनीतिक आन्दोलनमाथि सुरक्षा दमन नगर्न, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न, घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नसमेत मोर्चाले सरकारसँग माग गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ – “सङ्घीयताको विषयमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्छ ।” सो बैठक मोर्चाको केन्द्रीय संयोजन समितिका संयोजक गच्छदारको अध्यक्षतामा बसेको थियो ।
यसैबीच, संयोजक गच्छदारले सबै जनताले नयाँ संविधानप्रति अपनत्व महसुस गर्न सकोस् भन्नाका लागि तराई मधेस एवम् थरुवानका जनताले आन्दोलन गरिरहेका बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिक सहमतिका आधारमा वर्तमान समस्याको हल होस् भन्ने आफूहरुले चाहेको बताउनुभयो ।
संयोजक गच्छदारले भन्नुभयो – नयाँ संविधान विगतका भन्दा अग्रगामी छ । यति हुँदाहुँदै पनि सङ्घीयताको विषयमा यसले थारु समुदायका भावना समेट्न सकेन । संविधान संशोधन गरी थारु समुदायको भावनालाई समेट्नु पर्दछ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता