काठमाडौँ, ५ असोज । एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान नेपाली जनता र नेपालका राजनीतिक दलले लेखेकाले कोही कसैले आपत्ति जनाउनु नपर्ने बताउनुभएको छ ।
एमाओवादी नेता गोपाल किराँतीद्वारा लिखित ‘प्रचण्डपथको विजय’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले नेपालको संविधान, २०७२’ कोही कसैको विरुद्धमा नभएको स्पष्ट गर्नुभयो ।
एक्काइसाँै शताब्दीमा कुनै पनि मुलुकले कुनै अर्को मुलुकविरुद्ध कुनै पनि प्रकारको कदम चाल्न नसक्ने भएकाले अनावश्यक हल्लाको पछाडि नलाग्न र नेपालको आफ्नो स्वतन्त्रताको पक्षमा अडिग रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा भारतीय पत्रकार आनन्दस्वरुप वर्माले नेपालको निर्णय नेपाली जनता र राजनीतिक दलले गर्ने भएकाले कोही कसैले अनावश्यक चासो लिनु आवश्यक नभएको बताउनुभयो । नेपालमा संविधान बनेकामा भारतीय जनताले स्वागत गरेको उहाँको कथन थियो ।
सो पुस्तकमा संविधान लेखन प्रक्रिया, एमाओवादी भूमिकालगायत एक दर्जन लेख समेटिएको छ ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा