गौशाला, ५ असोज । भारतले आज बिहानदेखि महोत्तरी जिल्लाको तीनवटा सीमा नाकामा यातायात ठप्प गरेको छ ।
महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोड, मटिहानी र सम्सीबाट भारत आवतजावत गर्ने सम्पूर्ण सवारी तथा मालबाहक गाडीलाई भारत बिहारको सीमा सुरक्षा बल (एसएसबी) ले आज बिहानदेखि रोक लगाएको छ ।
भारतले मोटरसाइकल, साइकल, जिपलगायतका कुनै पनि साधन नेपालबाट भारत जान दिएको छैन । पैदल यात्रीलाई समेत निकै सोधपुछ गरेर अत्यावश्यक काम परेकालाई मात्रै भारत जान दिने गरिएको छ ।
यसका साथै महोत्तरीका विभिन्न गाउँठाउँबाट दैनिक उपभोगका सरसामान खरिद गर्न सीमापारिका बजारमा गएकालाई भारतको सीमामा खटिएका सीमा सुरक्षा बलले हातहातमा स–साना झोलामात्र ल्याउन दिएका छन् भने ठूलो पोकामा कुनै पनि सामान ल्याउन रोक लगाएका छन् ।
भारतले आफ्नो देशमा चुनाव हुने भएको र त्यसमा नेपालतर्फबाट केही अवाञ्छित गतिविधि हुन सक्ने भन्दै महोत्तरीका तीनवटा सीमा नाकामा आजैदेखि सबै यातायातका साधन प्रवेशमा रोक लगाएको जनाएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा