जर्मनी , २२ सेप्टेम्बर – युरोपका चर्चित युवा व्यवसायीको रुपमा डायस्पोरामा परिचित तथा समाजसेवी कुमार पन्तले आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उनले उम्मेदवार हुने घोषणा गरेका हुन् ।
पन्त संघका वर्तमान महासचिव हुन् । लामो समय संघको अभियानमा आवद्ध पन्त स्थानीय संयोजक , अन्तराष्ट्रिय परिषद सदस्य, युरोप संयोजक हुँदै महासचिव जस्तो महत्वपूर्ण पदमा पुगेका हुन् । उम्मेद्वारी घोषणा पछी पन्तले गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी बढेको बताए । ‘निरन्तरको दवाव र छलफलका कारण नेपालको संबिधान २०७२ मा एनआरएनहरुका लागि गैर आवासीय नगरिकता समावेश हुनु आँफैमा गर्वको कुरा हो’- उनले भने – ‘हामीलाई विश्वाश गर्ने नेपाली जनता, राजनीतिक दल र योअभियानमा साथ दिने सम्पूर्ण गैरआवशिय नेपाली साथीभाइ हरु धन्यबादका पात्र हुन् ।’
उनका अनुसार, नयाँ संबिधानले नेपालमा लगानी गर्ने मार्ग अझ फराकिलो भएको छ । ‘हामी बोलीमा होइन, स्वदेशका लागि काम गरेर देखाउन आतुर छौं, उनले भने । पन्तले आफ्नो उम्मेद्बारी पदको लागि मात्र नभएर भूकम्पले तहसनहस पारेको आफ्नो राष्ट्रको पुनर्निर्माण गर्ने अभियान रहेको पनि बताए । केहीअघि मात्रै स्वदेशमा भूकम्पले स्वजनहरु आहत हुँदा राहत र सहयोग जुटाउन उनी अत्यन्त सक्रिय थिए । उनी भन्छन्- ‘जहाँ बसेर कर्म गरिरहे पनि हाम्रो मन नेपाली नै छ, जुन सँधै नै भइरहनेछ । त्यसैले जन्मथलोप्रतिको आफ्नो दायित्व सम्झेर लगानीको माध्यमबाट वा परोपकारी भावनाले अनुभव र सीप भित्र्याउन संस्थागत प्रयास थालिएको छ । विभिन्न क्षेत्रमा लगानी गर्नेक्रम बढेको छ । यसले हाम्रो संगठित अभियानको महत्व र गरिमालाई पनि स्थापित गरेको छ । गएको विनाशकारी भूकम्पपछिको पीडामा मलम लगाउने क्रममा हाम्रो सक्रियता र पहलकदमीलेविदेशमा रहेका नेपालीहरु साँच्चै स्वदेशको दुःखमा साथी बन्न सक्छन् भन्ने छाप छोडेको छ ।’
एनआरएनले त्यो बेला जुटाएको आर्थिक सहयोगबाट छिट्टै नै भूकम्प प्रभावितहरुका लागि देशका विभिन्न गाउँहरुमा घर निर्माण कार्य शुरु हुने भएको छ । पन्तले मध्यपूर्वमा नेपाली श्रमिकहरुले भोगिरहेका समस्याका बारेमा गतिलो कार्यनिति बनाइने बताउदै भने –‘म सबै समस्या समाधान हुन्छ नै त भन्दिन तर, यो समस्याको समाधान कसरी गर्ने भन्ने बिषय नै हाम्रो मुख्य एजेण्डा हुनेछ ।’ विश्वका ७१ देशमा फैलिएको एनआरएनलाई आजको अवस्थामा ल्याउने धेरै अभियन्ता मध्ये पछिल्लो समय पन्तको सक्रिय भूमिकाले पनि काम गरेको छ । संगठन विस्तार, सामाजिक, कल्याणकारी काम आदिमा उनको सक्रियता उत्तिकै रहदै आएको छ ।
अध्यायनको शिलशिलामा जर्मन आएका पन्तले सन् २००७ देखि होटेल ब्यवशाय सुरु गरेका हुन् । जुन ब्यवसाय अहिले युरोपभर फैलाउने क्रममा छन् उनी । उनी भन्छन्- ‘हामीले आर्जन गरेको ज्ञान, सीप र पुँजीयुक्त, सचेत र संगठित गैरआवासीय नेपालीको सहभागितामा स्वदेशको समुन्नति सम्भव छ । यत्ति हो, नेपाल सरकारको गति र उसको नीति अनुकूल हुनुपर्ला । सफलतातर्फ लम्किएका सम्पूर्ण गैरआवासीय नेपालीलाई अलिकति पनि विचलित नहुने अवस्था सिर्जना गरेर लक्ष्यमा पुग्ने वातावरण बनाउनुपर्ला । त्यसका लागि फरकफरक क्षेत्रमा आफ्नो पहिचान बनाएका, प्रतिभा देखाएका र योग्यता प्रमाणित गरेका युवाले अग्रसरता लिनुपर्छ ।’
एनआरएन अभियान अहिले पहिलो पुस्ताबाट सरेर दोस्रो पुस्ताको काँधमा पुग्दै छ, दोस्रो पुस्ताका गतिलो सम्भावना भएका युवा ब्यवशायी हुन् पन्त । यि जस्ता केही युवा ब्यबशायीहरुको नेपाली समाजप्रतिको लगाब र आफ्नो देशका लागि केही गरौं भन्ने चाहनाले एनआरएनको भविश्य निकै उज्वल आकलन गर्न सकिन्छ । “संगठनको नेतृत्वको हिसाबले हामी गैर आवासीयनेपालीहरू क्रमशः पहिलो पुस्ताबाट दोस्रोमा प्रवेश गर्दैछौँ । कडा मिहिनेतले नै हो पहिलो पुस्ताका अग्रज एनआरएनहरुले विश्वभर आआफ्नो क्षेत्रमा गर्विलो इतिहास बनाइसक्नुभएको छ । एक्लाएक्लै प्रयत्नले पहिलो पुस्ता यत्तिको सफल भयो । अब सफल हुने नेपालीको संख्या बढ्दै छ । हाम्रो संगठित प्रयासले यो दरलाई अझ तीब्रतर बनाउँदै छ । र, यो सफलताको सकारात्मकपक्षको उपयोग राष्ट्रिय हितमा गर्नुपर्छ भन्ने बोध लगभग समस्त एनआरएनलाई भएको छ । मातृभूमिप्रतिको लगावलाई थप प्रगाढ बनाएर मुलुकको रूपान्तरणमा अझ सक्रिय र संगठित हुनैपर्छ भन्ने धेरैले मनन गरेका छौँ । यसलाई एउटा संस्कृतिको रूपमा स्थापित गर्ने दायित्व अब हामी माथि आएको छ’’- उनले भने ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर