काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्को आजको बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट ‘नेपालको संविधान, २०७२’ घोषणा गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवासमा भएको बैठकमा राष्ट्रपति डा यादवले संविधान प्रारम्भ भएको घोषणा गर्ने विषयमा छलफल भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । सभाअध्यक्षबाट प्रमाणित भएको ‘नेपालको संविधान, २०७२’ आज संविधानसभा भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा यादवले प्रारम्भ भएको घोषणा गर्ने कार्यक्रम छ ।
बैठकमा भोलि (सोमबार) सरकार र राजनीतिक दलसमेतको सहभागितामा ¥याली निकाल्ने विषयमा छलफल हुनुका साथै आवश्यक तयारीका बारेमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जानकारी गराउनुभएको थियो । छलफलपछि प्रधानमन्त्री सुशील कोइरालाले थप आवश्यक निर्देशनसमेत दिनुभएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री डा रिजालले बताए ।
बैठकमा भूकम्प पछाडिको पुनःनिर्माणको कार्य चाँडै सम्पादन गर्नका लागि राजनीतिक रुपमा ऐन कानुनी प्रक्रियालाई ध्यानमा राखेर कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।
सरकारले भूकम्पपछिको पुनःनिर्माणको काम र बाँकी रहेको पुनःस्थानाको काम तदारुकताका साथ अघि बढाउन तयारी गर्ने र त्यसका लागि आवश्यक राजनीतिक समझदारी, कानुनी, संवैधानिक तयारी गर्ने विषयमा समेत छलफल भएको मन्त्री रिजालले बताए ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता