काठमाडौँ, २ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई बताए ।
सरकारले देशैभर खानतलासी, जाँच र गस्ती बढाएको छ । प्रवक्ता ढकालले भने – “शान्ति सुरक्षामा खलल पुरयाउने, ताडफोड र आगजनी गर्नेहरूलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ ।”
उनले आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालनको तयारी गरिएको बताए । संविधान घोषणाको दिन देशभर गरिने दीपावलीमा सहभागीका लागि समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उनको भनाइ थियो ।
संविधानसभा भवनमा विशेष सुरक्षा
संविधान जारी हुने स्थान संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबारका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काका अनुसार संविधानसभाभित्र र बाहिरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ ।
संविधानसभाभित्र विशिष्ट व्यक्तिको सुरक्षालाई ध्यानमा राखी सो दिनका लागि छुट्टै विशेष अनुमतिपत्रको व्यवस्था मिलाइएको उनले बताए ।
त्यस्तै विशिष्ट व्यक्तिको आवागमन हुने सडक क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडाइ गरिएको छ । प्रहरीले संविधानसभा र बाहिरका लागि तीन पङ्क्तिको सुरक्षा मिलाएको छ ।
अघिल्लो पङ्क्तिमा सभाक्षेत्र बाहिर र भित्र, दोस्रो पङ्क्तिमा ‘ब्याकअप’का रुपमा र तेस्रो पङ्क्तिमा प्रहरी केन्द्रीय कार्यालयमा प्रहरी तयारी अवस्थामा राखेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बलले पनि सोहीअनुरुपको घेरा तयार पारी तयारी अवस्थामा फौज राखेको छ । संविधानसभाभित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सदस्यलाई परिचालन तीव्र पारिएको छ ।
सुरक्षालाई ध्यानमा राखी एक हप्ताअघिदेखि नै काठमाडौँ उपत्यकामा भित्रिने सबै नाकामा जाँचमा कडाइ गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा