क्यालिफोर्निया (अमेरिका), २ असोज । नेपालमा संविधान पारित भएको र घोषणा गर्ने कार्यक्रमसँगै अमेरिकामा रहेका नेपालीसमेत हर्षित भएका छन् ।
संविधानसभाले प्रवासमा रहेका नेपालीलाई समेत राजनीतिक अधिकारबाहेकको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र सात दशक लामो सपना पूरा भएकामा अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम गरी संविधानको स्वागत तथा खुसियालीको कार्यक्रम गर्न लागेका छन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले हामी प्रवासी नेपालीको माग केही हदसम्म सम्बोधन हुनु स्वागतयोग्य छ भन्दै आगामी दिनमा संविधान सबैको हो भन्ने बनाउन सम्पूर्ण दललाई समेत भोलिका दिनमा मिलाएर लैजानुपर्ने बताउनुभयो । संविधान जारी हुने खुसियालीमा अमेरिकाभर रहेका छब्बीस वटा च्याप्टरलाई नै स्थानीय सङ्घसंस्थासँग मिलेर दीपावाली वा कुनै प्रकारका कार्यक्रम गर्न अनुरोध गरिएको उनले बताए ।
प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापाले नेपाली जनताको सात दशकदेखिको चाहना पूरा हुनु, सामाजिक, आर्थिकलगायत सुविधासहितको दोहोरो नागरिकता प्रदान गरिनु, सबैले केही न केही पाएको अत्यन्तै लोकतान्त्रिक संविधान बन्नु स्वागतयोग्य रहेको उल्लेख गरे ।
थापाले संविधानमा केही कमजोरी भएमा आगामी दिनमा संशोधन गर्दै जान सकिने भएको हुँदा यो खुसीको घडीमा सम्पूर्ण १२ वटा च्याप्टरलाई नै स्थानीय सङ्घसंस्थासँग मिलेर दीपावली वा अन्य कार्यक्रम गर्न अनुरोध गरिएको बताए ।
नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष गौतम दाहाललेसंविधान सहमतिको दस्तावेज भएको हुँदा क्रमशः सबैका आवाजलाई समावेश गर्दै जान सकिने हुँदा देशलाई हामी सबैले मिलेर नयाँ आयाममा लैजानुपर्ने बताए ।
एनआरएनएका सोनाम लामाले स्थापनाकालदेखि उठाइएको दोहोरो नागरिकताको प्रावधान पाइएकामा संविधानसभालाई धन्यवाद दिँदै न्युयोर्कमा संविधान जारी हुने दिन चियापानको कार्यक्रम राखिएको बताए ।
एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले संविधानलाई समयानुकूल परिमार्जन गर्दै जानुपर्ने बताउँदै संविधान जारी हुने दिन सम्पूर्ण एनआरएनका पदाधिकारी र सदस्यलाई स्थानीय सङ्घसंस्थासँग सहकार्य गर्दै विविध कार्यक्रम गर्न अनुरोध गरिएको बताए ।
युएस नेपाल चेम्बर अफ कमर्सका कावा सभापति सानुबाबु सिलवालले आफूहरूले नेपालको शान्ति र स्थायित्वका लागि हरपल कामना गरिरहेको र नेपालमा स्थायी शान्ति भएमा नेपाली आफूसँग भएका स्रोत साधन, अनुभव, ज्ञान, सीप, प्रविधि, शिक्षा बोकेर आफ्नै मातृभूमि फर्कन सुरु गर्ने छन् भन्ने धारणा राखे ।
अमेरिकाका नेपालीको पुरानो संस्था नासाका भर्खरै निर्वाचित अध्यक्ष विमल नेपालले नयाँ नेपाल निर्माणमा साथ दिन संसारभरका प्रवासी एवम् अमेरिकी नेपाली तत्पर छन् भन्नुभयो । नासाका नवनिर्वाचित महासचिव एवम् सञ्चारकर्मी शिव विष्टले प्रवासी नेपालीको चाहना नेपालको शान्ति र समुन्नति रहेको विचार राखेका थिए ।
अमेरिकामा नयाँ नेपालको संविधान घोषणा हुने दिन नेपालीको बस्ती भएका प्रायः सबै सहरमा विभिन्न सङ्घसंस्थाको आयोजनामा दीपावली कार्यक्रम गरिने थाहा भएको छ । न्युयोर्कलगायत ठाउँमा जनसम्पर्क समिति अमेरिका र प्रवासी मञ्च अमेरिकाले अन्य सङ्घसंस्थासँगै दीपावलीको कार्यक्रम गर्दैछन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’