
प्रधानमन्त्रीे निवास बालुवाटारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २ असोज । प्रमुख तीन राजनीतिक दलले भोलि आइतबार संविधान जारी गर्ने समारोहमा सहभागी हुन सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा (माओवादी)का शीर्ष नेताको बैठकले संविधान जारी गर्ने महत्वपूर्ण समारोहमा सबैलाई सहभागी हुन संयुक्त रुपमा वक्तव्य जारी गरी आग्रह गरिने र असन्तुष्ट पक्षलाई पनि सन्तुष्ट पार्ने गरी आजै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने बैठकपछि एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बताए ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भोलि राष्ट्रपतिले विशेष समारोहका बीच संविधान विधिवत् जारी गर्नुहुने बताए ।
बैठकमा समसामयिक परिस्थितिको सम्बन्धमा समीक्षा गरिएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मधेस आन्दोलनको पनि उपलब्धि भएको र संविधानले आम नेपाली जनतालाई सम्बोधन गरेको उल्लेख गरे ।
उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा