
प्रधानमन्त्रीे निवास बालुवाटारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २ असोज । प्रमुख तीन राजनीतिक दलले भोलि आइतबार संविधान जारी गर्ने समारोहमा सहभागी हुन सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा (माओवादी)का शीर्ष नेताको बैठकले संविधान जारी गर्ने महत्वपूर्ण समारोहमा सबैलाई सहभागी हुन संयुक्त रुपमा वक्तव्य जारी गरी आग्रह गरिने र असन्तुष्ट पक्षलाई पनि सन्तुष्ट पार्ने गरी आजै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने बैठकपछि एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बताए ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भोलि राष्ट्रपतिले विशेष समारोहका बीच संविधान विधिवत् जारी गर्नुहुने बताए ।
बैठकमा समसामयिक परिस्थितिको सम्बन्धमा समीक्षा गरिएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मधेस आन्दोलनको पनि उपलब्धि भएको र संविधानले आम नेपाली जनतालाई सम्बोधन गरेको उल्लेख गरे ।
उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बताए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण