
संविधानसभा भवन नयाँ बानेश्वरमा सभाबाट पारित संविधानमा हस्ताक्षरका क्रममा पूर्व प्रधानमन्त्री एवम्् नेकपा (एमाले) का नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ असोज । संविधानसभाका ५३७ सभासद्ले नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्नुभएको छ ।
आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
गत भदौ ३० गते संविधानको विधेयकमा मतदान हुँदा कुल ५३२ सभासद् सहभागी हुनुभएकामा ५०७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गर्नुभएको थियो । मतदानमा अनुपस्थित केही र विपक्षी राप्रपा नेपालका सभासद्सहितको हस्ताक्षरका कारण सङ्ख्या बढेको हो ।
मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली (निषाद) पनि हस्ताक्षर गर्ने कार्यमा सहभागी हुनुभयो ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता