
काठमाडौँ, १ असोज । सरकारले धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्नुका साथै धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई गाभेर उपमहानगरपालिकामा विस्तार गरेको हो ।
सरकारले गौरादह (झापा), लालीगुराँस (तेह्रथुम), हनुमाननगर योगिनीमाई (सप्तरी), सुखिपुर (सिरहा), धनगढीमाई (सिरहा), बज्रबाराही (ललितपुर), कालिका (चितवन), राप्ती (चितवन), बरहथवा (सर्लाही), भानु (तनहुं), आँबुखैरनी (तनहुं), मध्यबिन्दु (नवलपरासी), भृकुटी (कपिलवस्तु), भिर्काेट (स्याङ्जा) नयाँ नगरपालिका घोषणा गरेको छ ।
त्यस्तै राईनास (लमजुङ), करापुटार (लमजुङ), मध्यनेपाल (लमजुङ), भेरीमालिका (जाजरकोट), चौरजहारी (रुकुम), बागचौर (सल्यान), शुभाघाट गङ्गामाला (सुर्खेत), कमलबजार (अछाम), बेलडाँडी (कञ्चनपुर), कृष्णपुर (कञ्चनपुर), बबई (बर्दिया) नगरपालिका घोषणा भएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते