
काठमाडौँ, १ असोज । सरकारले धनगढी नगरपालिकालाई उपमहानगरपालिकामा विस्तार गर्दै थप २६ नयाँ नगरपालिका घोषणा गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २६ नयाँ नगरपालिका थप गर्नुका साथै धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई गाभेर उपमहानगरपालिकामा विस्तार गरेको हो ।
सरकारले गौरादह (झापा), लालीगुराँस (तेह्रथुम), हनुमाननगर योगिनीमाई (सप्तरी), सुखिपुर (सिरहा), धनगढीमाई (सिरहा), बज्रबाराही (ललितपुर), कालिका (चितवन), राप्ती (चितवन), बरहथवा (सर्लाही), भानु (तनहुं), आँबुखैरनी (तनहुं), मध्यबिन्दु (नवलपरासी), भृकुटी (कपिलवस्तु), भिर्काेट (स्याङ्जा) नयाँ नगरपालिका घोषणा गरेको छ ।
त्यस्तै राईनास (लमजुङ), करापुटार (लमजुङ), मध्यनेपाल (लमजुङ), भेरीमालिका (जाजरकोट), चौरजहारी (रुकुम), बागचौर (सल्यान), शुभाघाट गङ्गामाला (सुर्खेत), कमलबजार (अछाम), बेलडाँडी (कञ्चनपुर), कृष्णपुर (कञ्चनपुर), बबई (बर्दिया) नगरपालिका घोषणा भएका छन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता