
भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा । उहाँलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले स्वागत गर्नुभएको थियो । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर शुक्रबार काठमाडौँ आइपुगेका छन् ।
राष्ट्रपति डा रामवरण यादवसँग उनले शीतल निवासमा आजै भेटघाट गर्ने कार्यक्रम छ ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल एवम् तराई मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग समेत विदेश सचिव जयशङ्करले अलग अलग भेटघाट गर्ने तय भएको छ ।
संविधानसभाले नेपालको संविधान, २०७२ पारित गरी असोज ३ गते जारी गर्न लागेको सन्दर्भमा उनको भ्रमण भएको हो ।
नेपालस्थित भारतीय दूतावासका प्रेस सूचना तथा संस्कृति विभाग प्रमुख अभयकुमारले दिनुभएको जानकारीअनुसार विदेशसचिव जयशङ्करले नेपालमा रहँदा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्ने जनाइएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा