काठमाडौँ, ३१ भदौ । ठूला राजनीतिक दल निकट युवा सङ्गठनले संविधानसभाबाट संविधान निर्माणको कार्य पूरा भएकामा आज साँझ माइतीघर मण्डलमा दीपावली गरेका छन् ।
नेपाल तरुण दल, युवा सङ्घ नेपाल र वाइसीएल नेपालमा आबद्ध युवाले संयुक्त रुपमा सहभागी भएर मण्डलमा नेपालको चित्र बनाई ‘नेपालको संविधान २०७२ को स्वागतम्’ भनी लेखेर त्यस वरपर दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा तरुण दलका कावा अध्यक्ष राधा घलेले लामो समयको प्रतीक्षापछि संविधानसभाबाट संविधान जारी हुन लागेकामा खुसी व्यक्त गर्दै नयाँ संविधान आएपछि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।
युवा सङ्घका कावा अध्यक्ष सूर्य ढकालले केही राजनीतिक दलले असन्तुष्ट भई तराईका विभिन्न स्थानमा गरेको आन्दोलनले देश तथा जनतालाई हित नहुने हुँदा आन्दोलन फिर्ता लिन आग्रह गरे ।
वाइसिएलका कावा अध्यक्ष आरसी शर्माले विभिन्न दलका बीच मुलुकमा देखापरेका विवाद तथा असहमतिलाई लोकतान्त्रिक मूल्यमान्यताले मात्र समाधान गर्न सक्ने बताए ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता