काठमाडौँ, ३१ भदौ । ठूला राजनीतिक दल निकट युवा सङ्गठनले संविधानसभाबाट संविधान निर्माणको कार्य पूरा भएकामा आज साँझ माइतीघर मण्डलमा दीपावली गरेका छन् ।
नेपाल तरुण दल, युवा सङ्घ नेपाल र वाइसीएल नेपालमा आबद्ध युवाले संयुक्त रुपमा सहभागी भएर मण्डलमा नेपालको चित्र बनाई ‘नेपालको संविधान २०७२ को स्वागतम्’ भनी लेखेर त्यस वरपर दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा तरुण दलका कावा अध्यक्ष राधा घलेले लामो समयको प्रतीक्षापछि संविधानसभाबाट संविधान जारी हुन लागेकामा खुसी व्यक्त गर्दै नयाँ संविधान आएपछि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।
युवा सङ्घका कावा अध्यक्ष सूर्य ढकालले केही राजनीतिक दलले असन्तुष्ट भई तराईका विभिन्न स्थानमा गरेको आन्दोलनले देश तथा जनतालाई हित नहुने हुँदा आन्दोलन फिर्ता लिन आग्रह गरे ।
वाइसिएलका कावा अध्यक्ष आरसी शर्माले विभिन्न दलका बीच मुलुकमा देखापरेका विवाद तथा असहमतिलाई लोकतान्त्रिक मूल्यमान्यताले मात्र समाधान गर्न सक्ने बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते