काठमाडौँ, ३१ भदौ । बेलायतमा रहेका नेपालीको संस्था ब्रिटिस गोर्खा नेपाली परिषद्ले हरेक वर्ष उत्कृष्ट नेपाली प्रतिभालाई वार्षिक रुपमा ‘ब्रिटिस गोर्खा अवार्ड’ प्रदान गर्ने भएको छ ।
कला, साहित्य, पत्रकारिता, सङ्गीत र खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च योगदान पुरयाउने नेपाली प्रतिभालाई सो सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।
परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला र संस्कृतिविद् तुलसी दिवसले विश्वयुद्वमा नेपालीले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताउँदै घोषणा गरिएको अवार्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्नेमा जोड दिनुभयो ।
भिक्टोरिया क्रस विजयी बेलायती सेनाका क्याप्टेन रामबहादुर लिम्बूले गोर्खाली बन्नलाई कठोर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । परिषद्का उपाध्यक्ष किरण टी लिम्बू, राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीलगायतले दोस्रो विश्वयुद्धमा एक लाख ५० हजार गोरखाली सेनामा भर्ती भएर नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
आजै नेपाल शाखामा पूर्वमिस नेपाल सुविन लिम्बूको संयोजकत्वमा नयाँ समिति गठन गरिएको छ जसको सहसंयोजकमा प्रवीन पुमा, कोषाध्यक्षमा सम्झना राई, सदस्यमा गोविन्द राई, अशोक प्यासी राई, नवीन गुरुङ, स्वप्नील स्मृति, प्रकृति थुलुङ, युवराज गौतम, ताराप्रकाश लिम्बू, मनोज नेम्वाङ र विमला भण्डारी हुनुहुन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते