काठमाडांै । संविधान सभाले नेपालको संविधान दुई तिहाई बहुमतले पारित गरेको छ ।
बुधबार संविधान सभा दुई तिहाई बहुमतले पारित गरेको हो । संविधान पारितको पक्षमा ५०७ र विपक्षमा २५ मत परेको थियो । सभाध्यक्ष सुवास नेम्बाङले दुई तिहाईले पारित भएको घोषणा गरेका हुन् । संविधान सभाका सभासदहरुले दुई तिहाइबहुमतले पारित संविधानलाई टेवुल ठोकेर स्वागत गरेका थिए । यो संविधान आगामी ३ असोज ५ बजे सार्वजनिक समारोहवीच जारी गरेपछि कार्यान्वयनमा आउने छ । यसअघि संविधानमा सभासदहरुले हस्ताक्षर गर्नेछन् ।
यसअघि, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयकको सम्पूर्ण धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ विधेयकको अंग बनेको घोषणा गरे । राससका अनुसार, संविधानसभाको बुधबारको बैठकमा अध्यक्ष नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेककको प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अङ्ग बनोस् भनेर राख्नुभएकामा बैठकले त्यसलाई पारित गरेको हो । सो विधेयक पारित भएको घोषणा गर्दै उनले संविधानको नाम ‘नेपालको संविधान २०७२’ रहने जानकारी दिए । यो संविधान २०७२ साल असोज महिनाको ३ गतेदेखि प्रारम्भ हुने उनले बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते