सुरुङ्गा (झापा), ३० भदौ । झापाका ११ वटा सहकारी संस्थाबीच एकीकरण भएको छ ।
डिभिजन सहकारी कार्यालय झापाले दिएको जानकारीअनुसार कार्य क्षेत्र एउटै, कारोबार उस्तै र वित्तीय सङ्कटका कारण जिल्लाका वटा सहकारी कार्यालय संस्था एकीकरण भएका हुन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था र व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था भएको छ ।
त्यस्तै सतासी महिला कृषि सहकारी र सतासी माहुरीपालन सहकारी संस्थाबीच एकीकरण हुँदै सतासी माहुरीपालन सहकारी संस्था भएको छ । भरोसा महिला बचत तथा ऋण सहकारी संस्थामेची नगर र परिचय महिला बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर परिचय महिला बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको सहकारी डिभिजन कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै नागबेली कृषि सहकारी र अनमोल सुपारी सहकारीबीच एकीकरण भएर नागबेली सुपारी उत्पादन सहकारी संस्था तथा पतञ्जलि, मकालु र चन्द्रगढी बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।
त्यस्तै १० वटा सहकारी संस्थाको एकीकरणको तयारीमा रहेको पनि कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता