
हरितालिका तीज पर्वको उपलक्ष्यमा पूजाआजा एवम् दर्शनका लागि बिहानैदेखि पशुपति मन्दिर पुगेका व्रतालु महिलाहरु सेल्फी तस्बिर कैद गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडाँै, ३० भदौ । हरितालिका तीज पर्वको उपलक्ष्यमा व्रत बसेका व्रतालु महिला पूजाआजा एवम् दर्शनका लागि आज बुधवार बिहानैदेखि पशुपति मन्दिरमा भेला भएका छन् ।
व्रतालु महिलाका लागि व्यवस्थित ढङ्गले दर्शन गराउन तीनतिरबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए ।
तीनवटै लाइन भीड र लामो भए पनि आधा घन्टाभित्र दर्शनार्थीले पूजा एवम् दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको हरितालिका तीज व्यवस्थापन समितिका संयोजक एवम् कोषकी सदस्य बबिता पौडेलले बताइन् ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा