काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अर्थपूर्ण वार्ता गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।
महासचिव बानले संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको नेपालको पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको आफ्ना प्रवक्ता स्टेफान डुजारिकमार्फत शनिवार पत्रकारहरूलाई न्यूयोर्कमा जानकारी गराएका हुन् ।
नेपालका प्रमुख राजनीतिक दलले संविधानको मतदान प्रक्रिया केही दिन रोकेकोमा त्यसको स्वागत गर्दै यो मौकालाई सबैपक्षले सदुपयोग गर्न पनि महासचिव बानले आग्रह गरेका छन् ।
उनले वार्ता र अहिंसाको माध्यमबाट समाधान निकाल्न आग्रह गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन र भेला हुन पाउने स्वतन्त्रताको सम्मानमा पनि जोड दिएको प्रबक्ताले बताएका छन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता