नेपाली जनसंपर्क समिति क्यानाडाले नेपालका बाढी पहिरो पीडितहरुका लागि आर्थिक सहयोग जुटाउने भएको छ। नेपालमा हालै निम्तिएको प्राकृतिक बिपत्तिमा परी सयौं परिवार घरबारबिहीन भएकाले सुरक्षित व्यवस्थापनमा साथ दिन राहत संकलन थालिएको समितिले जनाएको छ।
जनसम्पर्क समितिको बुधबार बसेको बैठकले बरिष्ठ उपसभापति भाष्कर रेग्मीको संयोजकत्वमा ५ सदस्यीय बाढी पीडित सहयोग समिति गठन गरी राहत संकलन थालिएको समितिका सभापति बुद्धिप्रकाश ओलीले बताए । सहयोग समितिमा राजु थापा, शैलेन्द्र चापागाईं, हेमराज पाण्डे र चुडामणि लुइंटेल छन्।
बाढी पीडित सहयोग समितिका संयोजक भाष्कर रेग्मीले छिटो भन्दा छिटो राहत संकलन गरी दशैँ अगावै पीडित समक्ष पुर्याइने जानकारी दिए ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न