लन्डन । सपन इन्टरटेनमेन्ट लि. ले हरेक वर्ष जस्तै यसपटक पनि गत ६ सेप्टेम्बरका दिन सामुयल कोडी स्पोर्टस् कलेज, फार्नबोरोमा तीज विशेष कार्यक्रम गरेको छ ।
मध्यान्हदेखि राती साढे ८ बजेसम्म सञ्चालन भएको तीज कार्यक्रममा सहभागी सयौं दिदीबहिनी तीज गीत र स्वादिष्ट दर (खाना) मा रमाए । यसपटक डिजे सिभाले नयां पुस्तालाई समेत नचाए ।
सपन इन्टरटेनमेन्ट लि. की मन्जु राई गुरुङका अनुसार, सन् २००० देखि वर्षेनी तीज मनाउन थालिएको हो ।
संस्थाले प्रत्येक वर्ष झैं यस वर्ष पनि राफल गरि संकलित रकम च्यारिटीमा खर्चने भएको छ । सपन इन्टरटेनमेन्टले यो वर्ष राफलबाट संकलित ८ सय पाउण्ड नेपालको डोल्पा जिल्लास्थित हड्डीको टिबी भएका दश वर्षीय बालकको उपचारार्थ दिने जनाएको छ । बुद्धिष्ट कम्युनिटी सेन्टर यूके (बीसीसी यूके) का धर्म गुरु एवं सल्लाहकार आचार्य गुरु देवाङ मार्फत उक्त रकम प्रदान गरिने जनाइएको छ ।
राफल चिट्ठा कार्यक्रम जसु गुरुङले संयोजन र सञ्चालन गरेकी थिइन् । राफल प्रायोजन दीप ज्वेलरी, टेलर फर यू (भक्त), क्याम्बर्ली क्यास एण्ड क्यारी, एभरेष्ट मनी ट्रान्सफर, तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङ तथा श्रीमति पार्वती गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष कमल गुरुङ तथा श्रीमति पुनम गुरुङ, फोटोग्राफर मिलन तमु, गोर्खा प्यालेस् रेष्टुरेन्टका प्रोपाइटर सूर्य गुरुङ, सो एसियाका रमेश सराङकोटी र डा. कपिल रिजालले गरिदिएका थिए ।
सपन इन्टरटेन्मेन्टले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै दिदीबहिनी र मिडियाकर्मीलाई विशेष धन्यवाद दिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते