
काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराईमा आन्दोलनरत दललाई वार्ताका माध्यमबाट सहमति खोज्न आग्रह गर्नुभएको छ ।
नेपाल वाणी नेटवर्क प्रालिको पाँचौ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा नेता पौडेलले संविधान निर्माण प्रक्रिया नजिकिँदै गर्दा आन्दोलनभन्दा पनि सहमतिको विकल्प नहुने बताउनुभयो । निर्माणको अन्तिम चरणमा पुगेको नयाँ संविधानले मधेसी, दलित, महिलालगायत सम्पूर्ण समुदायलाई समेटेको हुँदा सो संविधान दक्षिण एसियाकै उत्कृष्ट संविधान हुने जिकिर उहाँले गर्नुभयो ।
सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जायज मागलाई वार्ताको माध्यमबाट पनि समाधान गर्न सकिने हुँदा वार्तामा आउन आन्दोलनरत मधेसी दललाई आग्रह गर्नुभयो ।
सो अवसरमा पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दैै पत्रकार ऋषि धमला, रामजी दाहाल र मुक्तिबाबु रेग्मीलाई सम्मान गरिएको थियो ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता