काठमाडौँ, २४ भदौ । प्रमुख दलका शीर्ष नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई संंविधान निर्माणको प्रक्रियामा फर्कन आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पत्र पठाई लोकतान्त्रिक विधि र प्रक्रियाप्रति पार्टीका अध्यक्ष कमल थापा र उनको पार्टीले देखाउँदै आएको प्रतिबद्धताको सराहना गर्दै नेताहरुले लामो समयदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान निर्माण होस् भनेर राखेको चाहनानुरुप संविधान निर्माणको प्रक्रिया निर्णायक चरणमा पुगेकाले त्यसमा सहभागी हुन आग्रह गरेका छन् ।
नेताहरुले संविधान निर्माणको निर्णायक घडीमा विगतदेखिको सहभागितालाई निरन्तरता दिनका लागि पार्टीले केही समय अगाडि लिएको निर्णयमा पुनःविचार हुने अपेक्षा व्यक्त गरेका छन् ।
उनीहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “संविधान निर्माणको यस ऐतिहासिक क्षणमा कुनै पनि राजनीतिक दल र सभासद्ले संविधान निर्माणको प्रक्रियाबाट आफूलाई अलग राख्नु हामी कसैको लागि पनि सुखद् हुन सक्दैन ।” पत्रमा संविधानका विषयवस्तुमा दलबीच मतभेद रहन सक्ने उल्लेख गर्दै भनिएको छ, “तर राष्ट्रियतालाई मजबुत बनाउने, जनतालाई लोकतान्त्रिक अधिकारले सम्पन्न बनाउने तथा जनताको आर्थिक सामाजिक विकास गर्ने लक्ष्यमा हामी सबै एक ठाउँमा उभिन सक्छौंँ ।”
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण