टोकियो (जापान), २४ भदौ । गत आइतबार भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको मतपरिणाम प्रक्रिया लम्बिएको छ ।
नयाँ नेतृत्व निष्पक्ष र विवादरहित बनाउन गठित निर्वाचन समितिले घोषणा गरेअनुसार विवाद मिलाउन नसक्दा बुधबार मध्यरातसम्ममा सार्वजनिक गर्र्ने भनेको मतपरिणाम लम्बिएको हो ।
दुई वर्षे नयाँ कार्यकालका लागि एक अध्यक्ष, तीन उपाध्यक्ष, एकएक कोषाध्यक्ष, महासचिव, सचिव र पाँचजना कार्यसमिति सदस्यसहित चार अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पनि निर्वाचित गराउन डेढ महिनाअघि डा नेत्रप्रसाद भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
जापानभर रहेका ४२ हजार ६०० नेपालीमध्ये सदस्यता लिएका चार हजार ३०० जनाबीच निर्वाचन समितिले गत आइतबार गराएको १२ क्षेत्रको निर्वाचनमा एक्कासि नामावली गायब पारिएको र कतिपय स्थानमा मतदाताभन्दा बढी मतदान गराएको भन्ने विवादले उग्ररुप लिएपछि अन्योलता पैदा भएको थियो ।
विवादलाई मत्थर पार्ने प्रयासस्वरुप अध्यक्षका प्रत्याशी सुदन थापासहितका कतिपयले विवादित स्थानबाहेकको मतपरिणाम सार्वजनिक गरी बाँकी स्थानको मतपरिणाम सार्वजनिक गर्न गरेको पहलका बीचमा बुधबार बसेको निर्वाचन समितिले बैठकले विवादित क्षेत्र नागोयाको निर्वाचन पुनः पर्सि शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मकालाई तोकेको छ ।
नयाँ मितिअनुसार मतपरिणाम सार्वजनिक गर्न आइतबार कुरेको निर्वाचन समितिले ११ क्षेत्रको मतपेटिका समेत जापानको हुलाक कार्यालयबाट आफ्नो हात पार्न सकेको छैन । निर्वाचन समिति सदस्य सुदीप अधिकारीका अनुसार ६५७ मतदाता भएको निर्वाचनमा ६७७ भन्दा बढी मतदान भएको पाइएपछि अमान्य ठहर गरी पुनः दोस्रो चरणमा गर्ने निर्णय भएको हो ।
नायोयामा बिहान ९ बजेदेखि ३ बजेसम्म तोकिए पनि बढीमा बेलुका ५ बजेसम्म निर्वाचन गर्ने र आइतबारै सबै क्षेत्रको मतपेटिका टोकियोस्थित कार्यालयमा ल्याएर मतगणना गरी मध्यरातसम्ममा विजेता घोषणा गर्ने तयारीमा लागेको निर्वाचन समिति सदस्य सुदीप अधिकारीले बताउनुभयो ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न