पाँचथर, २४ भदौ । लिम्बूवान स्वायत्त राज्यको माग गर्दै लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आज अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।
पूर्वका नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बूवान स्वायत्त राज्य लेखिनुपर्ने, धर्मनिरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलो १६९, युएन् ड्रिपलाई संस्थागत गर्न माग गर्दै बन्दको आह्वान गरिएको समितिले जनाएको हो ।
पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा बन्दको प्रभाव बिहानैबाट परेको छ ।
यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्थासमेत ठप्प छन् ।
मोटरसाइकलसमेत सञ्चालन हुन नदिने लिम्बूवान संयुक्त सङ्घर्ष समितिले जनाएको छ । बन्द सफल पार्न बिहानैदेखि बन्दकर्ता चोकचोकमा बजार पसल बन्द गराउँदै हिँडेका छन् । समितिले आज र भोलि आमहड्तालको आह्वान गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे