पाँचथर, २४ भदौ । लिम्बूवान स्वायत्त राज्यको माग गर्दै लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आज अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।
पूर्वका नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बूवान स्वायत्त राज्य लेखिनुपर्ने, धर्मनिरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलो १६९, युएन् ड्रिपलाई संस्थागत गर्न माग गर्दै बन्दको आह्वान गरिएको समितिले जनाएको हो ।
पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा बन्दको प्रभाव बिहानैबाट परेको छ ।
यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना, शिक्षण संस्थासमेत ठप्प छन् ।
मोटरसाइकलसमेत सञ्चालन हुन नदिने लिम्बूवान संयुक्त सङ्घर्ष समितिले जनाएको छ । बन्द सफल पार्न बिहानैदेखि बन्दकर्ता चोकचोकमा बजार पसल बन्द गराउँदै हिँडेका छन् । समितिले आज र भोलि आमहड्तालको आह्वान गरेको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा