काठमाडौँ, २२ भदौ । नेकपा (एमाले) संसदीय दलले संविधान जारी गर्ने अभियानमा दृढतापूर्वक उभिएर सहयोग गर्न सबै सभासद्लाई निर्देशन दिएको छ ।
संविधानसभा भवन नयाँबानेश्वरमा आज साँझ बसेको संसदीय दलको बैठकले संविधानसभाभित्र वा बाहिर रहेका सबै राजनीतिक दललाई बन्द हड्ताललगायत कुनै पनि कार्यक्रम सञ्चालन नगर्न अपिल गर्ने निर्णय गरेको छ ।
संसदीय दल बैठकले राजनीतिक दलहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
यसअघि बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सबैको चित्त बुझाएर संविधान जारी गर्ने विषय अत्यन्तै कठिन भएकाले धेरैभन्दा धेरै पक्षलाई समेटेर संविधान जारी गर्नुको विकल्प नरहेको बताएका थिए ।
उनले भने, “संविधान विधेयकको मस्यौदामा सबैको चित्त बुझ्ने कुरा सम्भव भएन, मैरै पनि कतिपय विषयमा चित्त बुझेको छैन, तर अब संविधान जारी गर्नुको विकल्प छैन ।”
संविधान जारी भएलगत्तै तराईलगायत आन्दोलनरत क्षेत्रमा गएर जनतालाई संविधानका बारेमा प्रस्ट पार्न र आन्दोलनकारीले प्रस्तुत गरेको भ्रम चिर्ने अभियानका कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले एमालेको अनुशासित सभासद् र कार्यकर्ताका कारण आफूले नेपाली राजनीतिमा गौरव महसुस गरेको बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा