काठमाडौँ, २२ भदौ । मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको चौध बर्षमुनिको महिला पुरुष दुबै सहभागी मिक्स यू–१४ फुटबल भोलिदेखि मध्यपुरको मैदानमा हुने भएको छ ।
सो अवसरमा दुईदिने राष्ट्रिय युवा भेला तथा स्पोट्र्स फेस्टिबलसमेत सञ्चालन हुनेछन् । उक्त दुईदिने भेलामा मिक्स फुटबल प्रतियोगिता, फुटबल फेस्टिभल र स्किल सो, फोटो प्रदर्शनी, हाजिरीजवाफ, सडक नाटक, भिडियो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रमको आयोजना हुनेछ ।
यही भदौ २४ र २५ मा उक्त ज्याम्बोरीको आयोजना हुनेछ भने त्यसअघि भदौ २२ र २३ मा प्री ज्याम्बोरी हुनेछन् । यस भेला तथा स्पोर्ट्स फेस्टिबलमा तराईका बाढी प्रभावित क्षेत्र, पहाडका भूकम्पप्रभावित क्षेत्र र दुर्गम जिल्लाका युवा, सर्वसाधारण तथा प्रशिक्षक छनोट गरी कुल एक सयको सहभागिता गराइने आयोजकले जनाएका छन् ।
कार्यक्रमको लागत कुल रु ६ लाख ५० हजार रहेको र कार्यक्रममा विभिन्न जिल्लाका फुटबल सङ्घको सहभागिता रहेको आयोजकले बताएका छन् ।
अन्तर्राष्ट्रिय संस्था सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसीले राइट टू प्लेको सहायताबाट युवा तथा प्रशिक्षकलाई फुटबलको माध्यमबाट समाज, समुदाय र राष्ट्रलाई सचेतना जगाउने उद्देश्यका साथ भेला आयोजना गरिएको मर्सी कोरका प्रबन्धक नवीन लामिछानेले बताए । उक्त भेलामा हुने मिक्स फुटबल प्रतियोगितामा यू–१४ उमेर समूहको खेलको एक टोलीमा आठ महिला र आठ पुरुष गरी कुल १६ खेलाडी रहने मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते