काठमाडौँ, २१ भदौ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा डा गोविन्द केसीसँगको सहमतिको कार्यान्वयनका क्रममा चिकित्साशास्त्र शिक्षा आयोग गठन आदेशसम्बन्धी प्रस्तावलाई परिषद्को सामाजिक समितिमा पठाउने निर्णय गरेको छ ।
दुई दिनअघि सरकारका प्रतिनिधि र डा केसीबीच सहमति भई उहाँले अनशन तोड्नुभएको थियो । सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र मुख्य सचिव डा सोमलाल सुवेदीले अनशनरत डा केसीसँग सहमति गर्नुभएको थियो ।
सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले बैठकपछि दिनुभएको जानकारीअनुसार बैठकले कमलशाली घिमिरे तथा महेश शर्मा पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी पदस्थापन गरेको छ । घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शर्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन हुनुभएको छ ।
बैठकले पाटनका सुषमालता माथेमालाई काठमाडाँै, पोखराका सत्यराज गुरुङलाई पोखरा तथा नेपालगन्जका यज्ञप्रसाद बस्याललाई नेपालगन्जमा क्रमशः राजस्व न्यायाधीकरणमा तोकेको पनि सूचना तथा सञ्चारमन्त्री रिजालले जानकारी दिनुभयो । बैठकले नागरिक लगानी कोषका अध्यक्षमा अर्थ मन्त्रालयका सचिव राजन खनाललाई तोकेको छ । आजै निजामती सेवा दिवसमा दिइने पुरस्कारबारे निर्णय पनि गरिएको छ ।
बैठकले समाजकल्याण परिषद्का सदस्य छत्रनाथ घिमिरेले दिएको राजीनामा स्वीकृत गरी रिक्त पदमा मधुकुमार चालिसेलाई नियुक्त गरेको छ । नेपाली सेनाका केही उपरथीको सरुवा गर्ने निर्णयसमेत बैठकले गरेको छ । रासस
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित