
सञ्चारिका समूहको छैटौं महाधिवेशन तथा १९ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, समूहका अध्यक्ष निर्मला शर्मालगायत सहभागीहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २१ भदौ । सञ्चारिका समूहको आज सम्पन्न छैटाँै महाधिवेशनले निर्मला शर्माको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पुनःनिर्वाचित गरेको छ ।
कुल दुई सय २४ मत खसेकामा शर्माले एक सय ३४ र उनकी प्रतिन्द्वन्द्वी सुचित्रा श्रेष्ठले ८४ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षमा नितु पण्डित एक सय ६२, महासचिवमा कमला पन्थी एक सय ४०, सचिवमा विमला तुम्खेवा एक सय ६५ र कोषाध्यक्षमा यशोदा अधिकारी एक सय ४६ मतका साथ निर्वाचित भए ।
सदस्यमा कृति भट्टराई, अरुणा रायमाझी, ऊर्वशी बस्नेत, जया लुइँटेल, रीता तिमल्सिना, सरस्वती शर्मा, मीना पाण्डे र रुवी रौनियार निर्वाचित भएका छन् । विष्णु पन्थी र रौनियारकोे बराबर मत आएकामा गोला प्रथाबाट रौनियार विजयी भइन् ।
निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले मत परिणाम घोषणा गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए ।
समूहका पुनःनिर्वाचित अध्यक्ष शर्माले संस्थालाई थप सक्रिय बनाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा