
सञ्चारिका समूहको छैटौं महाधिवेशन तथा १९ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, समूहका अध्यक्ष निर्मला शर्मालगायत सहभागीहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २१ भदौ । सञ्चारिका समूहको आज सम्पन्न छैटाँै महाधिवेशनले निर्मला शर्माको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पुनःनिर्वाचित गरेको छ ।
कुल दुई सय २४ मत खसेकामा शर्माले एक सय ३४ र उनकी प्रतिन्द्वन्द्वी सुचित्रा श्रेष्ठले ८४ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षमा नितु पण्डित एक सय ६२, महासचिवमा कमला पन्थी एक सय ४०, सचिवमा विमला तुम्खेवा एक सय ६५ र कोषाध्यक्षमा यशोदा अधिकारी एक सय ४६ मतका साथ निर्वाचित भए ।
सदस्यमा कृति भट्टराई, अरुणा रायमाझी, ऊर्वशी बस्नेत, जया लुइँटेल, रीता तिमल्सिना, सरस्वती शर्मा, मीना पाण्डे र रुवी रौनियार निर्वाचित भएका छन् । विष्णु पन्थी र रौनियारकोे बराबर मत आएकामा गोला प्रथाबाट रौनियार विजयी भइन् ।
निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले मत परिणाम घोषणा गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए ।
समूहका पुनःनिर्वाचित अध्यक्ष शर्माले संस्थालाई थप सक्रिय बनाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते